ओरालै लागेर बन्द भयो यो साताको सेयर बजार, कारोबार ७३ करोडमा सीमित

काठमाडौँ । लामो समयको अन्तरालमा सुधारिएको सेयर बजार फेरी ओरालो लागेको छ । साताको अन्तिम दिनको सेयर बजारमापक नेप्से परिसूचक ७.५६ अंकले ओरालो लागेर १९७१.३८ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.६९ अंकले ओरालो लागेर ३८१.१४ को विन्दुमा पुगेर रोकिउको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.३८ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.१८ प्रतिशतले ओरालो लागेको छ ।

निरन्तर १४ कारोबार दिनसम्म ओरालो लागेको सेयर बजार १५ औं दिनमा भने थामिएको थियो । दुई सातासम्म २७३ अंकले ओरालो लागेको बजार बिहीबार भने साढे १२ अंकले सुधारिएको थियो ।

बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १२.५७ अंकले उकालो लागेर १९७८.९४ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि २.९३ अंकले ओरालो लागेर ३८१.८३ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा बिहीबारको नेप्से ०.६४ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.७७ प्रतिशतले उकालो लागेको थियो ।

पछिल्लो १५ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरेहेको नेप्सेले बुधबार पनि सोही गतिलाई निरन्तरता दिएको थियो । पछिल्लो १५ कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिन मात्र उकालो लागेको थियो ।

शुक्रबार दिनभर २२० कम्पनीहरुको २३ लाख ५५ हजार एक कित्ता सेयर १५ हजार १६३ पटक खरिदबिक्री हुँदा ७३ करोड ६३ लाख १२ हजार १५८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४५ करोड रुपियाँले कमी हो ।

बिहीबार दिनभर २२१ कम्पनीहरुको ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर २५ हजार ५८५ पटक खरिदबिक्री हुँदा एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

शुक्रबार १० करोड १४ लाख ७० हजार रुपियाँ बराबरको सेयर कारोबार भएका नेपाल टेलिकमको लगातार तेस्रो दिन पनि सबैभन्दा धेरै कारोबार गर्ने मध्येको अग्रणी भएको छ । सेञ्चुरी बैंकको ६.४८ करोड, एनसीसी बैंकको ४.०९ करोड, कुमारी बैंक २.८६ करोड र लुक्ष्मी र एनआईसी एशिया बैंकको २.२६ करोडको सेयर कारोबार भएको छ ।

अन्तिम दिन आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले उकालो लागेर  ५९६.७० रुपियाँ पुगेको छ भने सीवाईसी नेपाल लघुवित्तको मूल्य ४.०२ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्स ३.४६, सानिमा लाइफ इन्स्योरेन्सको मूल्य ३.०६ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको २.५६ प्रतिशतले सेयरमूल्य उकाला लागेको छ । यता रिभर फल्स पावरको सबैभन्दा धेरै ५.९३ प्रतिशतले सेयरमूल्य घटेको छ ।

शुक्रबार कारोबारमा आएका १३ उपसमुहमध्ये म्युचअल फन्ड बाहेक सबै उपसमूहको सूचक ओरालो लागेको छ । जलविद्युतको सूचक सर्वाधिक ०.८२ प्रतिशतले ओरालो लागेको अन्तिम दिन होटल्स एण्ड टुरिजम ०.६१ प्रतिशत, व्यापार ०.५८ प्रतिशत, वित्त ०.५८ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS