दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, कारोबार केही बढ्यो

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको दिनदेखि उकालो लागेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेपछि फेरी ओरालो लागेको छ ।

लगानीकर्ताको सेयर बजारमा ४/१२ नीति, आयातमा सतप्रतिशत मार्जिन, कर्जा खुकुलो बनाउने तथा नीतिगत ब्याजदर कम गर्ने अपेक्षा पुरा नभएपछि सेयर बजार ओरालो लागेको हो । नेप्से ओरालो लागेपनि कारोबार रकममा अघिल्लो दिनको तुलनामा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नीतिगत दरहरु यथावत राख्दै  आवश्यकता अनुसार ब्याजदर चलाउने नीति सार्वजनिक परेपछि साताको अनितम दिन बजारमा नकारात्मक प्रभाव देखिएको हो ।

शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक १५.८२ अंकले ओरालो लागेर २२२३.७८ को विन्दुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.४० अंकले ओरालो लागेर ४३३.०७ को विन्दुमा पुुगेर रोकिएको छ । समग्रमा शुक्रबारको नेप्से ०.७१ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले ओरालो लागेको छ ।

बिहीबार नेप्से ८.०३ अंकले उकालो लागेर २२३९.६० को विन्दुमा पुुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि १.३९ अंकले उकालो लागेर ४३६.४७ को विन्दुमा पुुगेर रोकिएको थियो । समग्रमा बिहीबारको नेप्से ०.३६ प्रतिशतले उकालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले उकालो लागेको थियो ।

शुक्रबार २२३ कम्पनीहरुको ४१ लाख ४० हजार ६६५ कित्ता सेयर २१ हजार ९०४ पटक खरिदबिक्री हुँदा एक अर्ब २९ करोड ८९ लाख पाँच हजार ५९० रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३१ करोड रुपियाँले कमी हो ।

बिहीबार २२२ कम्पनीहरुको २३ लाख २४ हजार ६६५ कित्ता सेयर १८ हजार ८०८ पटक खरिदबिक्री हुँदा ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

शुक्रबारको कारोबारमा प्रभु बैंकको संस्थापक सेयर १७ करोड ६० लाख ७५ हजार रुपियाँ बराबर कारोबार भएर धेरै मूल्यमा कारोबार हुनेमध्ये अगाडि रहेको छ । यस्तै धेरै कारोबार हुने कम्पनीमा नौ करोड ८२ लाख ४० हजार रुपियाँको सेयर खरिदबिक्री भएर मेगा बैंक दोस्रो स्थानमा रहेको छ ।

अन्तिम दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटल्स एण्ड टुरिजम बाहेक बाँकी १२ उपसमूहको सूचक ओरालो लागेको छ । होटल्स एण्ड टुरिजम ०.०८ प्रतिशतले उकालो लागेको शुक्रबार अन्य उपसमूहको सूचक १.७९ प्रतिशतले ओरालो लागेका छन् ।

शुक्रबार रुरु जलविद्युत परियोजना, नारायणी विकास बैंक, उपकार लघुवित्त वित्तीय संस्था, यूनाइटेड आईडीआई मार्दी आरबी हाईड्रोपावर कम्पनीका लगानीकर्ता उकालो लागेका छन् भने  दिव्यश्वरी हाईड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, कर्णाली विकास बैंक, अप्पर तामाकोशी हाईड्रोपावरका लगानीकर्ता ओरालो लागेका छन् ।


SHARE THIS