पेट्रोलियम पदार्थको फेरी मूल्यबृद्धि : पेट्रोल, डिजल र मट्टितेलमा १०, एलपी ग्यासमा दुई सय रुपियाँले बढ्यो

काठमाडौं। उपभोक्ताका लागि पेट्रोल, डिजल, मट्टितेल र एलपी ग्यासमा भारी भूल्यबृद्धि गरेको छ । अब एक लिटर पेट्रोलका लागि प्रतिलिटर १८० रुपियाँ, डिजल र मट्टितेल प्रतिलिटर १६३ रुपियाँ, एलपी ग्याँस दई सय रुपियाँले बढाएर प्रतिसिलिन्डर १८०० रुपियाँ पुयाएको छ । साथै हवाई इन्धनतर्फ आन्तरिकका लागि प्रतिलिटर १० रुपियाँले बढाएर १६६ रुपियाँ बनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोल, डिजल, मट्टितेल  र हवाई इन्धनमा लिटरमै १० रुपियाँ बढाएको हो । मूल्यबृद्धिपछि पनि निगमको नोक्सानी १५ दिनमा तीन अर्ब ३५ करोड रुपियाँ रहेको बताइएको छ ।

निगमले महंगो मूल्यमा इन्धनको खरिद गर्दा विदेशी मुद्रा सञ्चिति कम भइरहेको भन्दै सकेसम्म पेट्रोलियम पदार्थको खपत कम गरी विद्युतलगायतका स्वेदशी उर्जाको खपत बढाउन समेत उपभोक्तामाझ अनुरोध पनि गरेको छ ।

‘इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिदवापत मे महिनामा ४३ अर्ब रुपियाँ भुक्तानी गर्नुपर्नेमा जम्मा २० अर्ब ६० करोड रुपियाँ बिक्री वापत प्राप्त भइ पठाइएको र बाँकी २२ अर्ब ४० करोड रुपियाँ भुक्तानी हुन नसकेको निगमले जनाएको छ ।




SHARE THIS