बैङ्क तथा वित्तीय संस्थामा सातामा दुई दिन बिदा

काठमाडौँ । सरकारले जेठदेखि लागू हुनेगरी गरेको सातामा दुई दिन बिदा दिने व्यवस्था बैङ्क तथा वित्तीय संस्थाले पनि लागू गर्ने भएका छन् ।

यो व्यवस्थाअनुसार जेठ १ देखि साढे बिहान ९ बजेदेखि नै बैङ्क खुल्ने भएका छन् भने सातामा दुई दिन बिदा हुने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गर्दै सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा हुने र बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान ९:३० देखि ३:३० बजेसम्म बैङ्किङ कार्यलय समय तोकिएको राष्ट्र बैङ्कले जनाएको छ ।

दशैँ तिहारको सार्वजनिक बिदाबाहेक अन्य बिदा दुई लगातार दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि सीमित कर्मचारी खटाएर बैङ्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ ।


SHARE THIS