मुक्तिनाथ विकास बैंकको सिइओ पुन : पोखरेल

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन : प्रद्युमन पोखरेल नियुक्त हुनुभएको छ ।

बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । यस अघि २०७५ जेठ १ गतेदेखि बैंकको सिइओको जिम्मेवारीमा रहेका पोखरेलको दोस्रो कार्यकाल आगामी जेठ १ गतेदेखि लागु हुने बैंकले जनाएको छ ।

विगत तीन दशक भन्दा धेरै बैंकिङको क्षेत्रमा अनुभव हासिल गर्नुभएका पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएको छ । २०७३ मङ्सिर १९ गतेदेखि मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा प्रवेश गर्नुभएका पोखरेल डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष र नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा पनि हुनुहुन्छ ।


SHARE THIS