राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बित गरेको छ। निलम्बनपश्चात डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको निर्णयले गभर्नर अधिकारीलाई निलम्बन गरेको हो । गभर्नर अधिकारीलाई निलम्बनसँगै छानविन समिति समेत गठन गरेको छ ।

पूर्व न्यायाधिश पुरुषोत्तम भण्डारीको नेतृत्वमा नेतृत्वमा डा। सूर्य थापा र चन्द्रकान्त पौडेल सम्मिलित एक समिति बनाइएको छ। समितिले अधिकारीमाथि लागेको आरोपको छानविन गरेर एक महिना भित्र सरकारलाई प्रतिवेदन बुझाउने छ।


SHARE THIS