व्यवस्थापन सङ्घमा नयाँ नेतृत्व

काठमाडौँ । नेपाल व्यवस्थापन सङ्घको नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा कार्यभार सम्हालेको छ ।

सङ्घको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्रप्रसाद पौड्याललगायत अन्य १६ जनालाई आइतबार एक समारोहमा निवर्तमान सभापति किरणकुमार श्रेष्ठले औपचारिक रूपमा पदभार हस्तान्तरण गर्नुभयो ।

पदभार हस्तान्तरण कार्यक्रममा सङ्घको २०औँ प्रबन्ध समितिको निर्वाचन मण्डलका प्रमुख गुणराज भट्टले नवनिर्वाचित पदाधिकारी र कार्यकारी सदस्यलाई शपथग्रहण गराउनुभएको थियो । 

नेपाल व्यवस्थापन सङ्घमा प्रत्येक दुई वर्षमा नयाँ कार्यसमिति चयन हुने प्रावधान रहेको छ । सोहीबमोजिम हालका सभापति तथा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको कार्यकाल समाप्त भएर नबिल बैङ्क लिमिटेका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले सङ्घको नयाँ नेतृत्व सम्हाल्नुभएको हो ।

नवनिर्वाचित अन्य पदाधिकारीमा प्रथम उपसभापतिमा सुरेन्द्रकुमार गोयल, द्वितीय उपसभापतिमा आश्मी राणा, महासचिवमा मोहन ओझा र कोषाध्यक्षमा हेमाकुमारी अधिकारी निर्वाचित हुनुभएको छ । 

यसैगरी सङ्घको कार्यकारी सदस्यहरूमा अनु जोशी श्रेष्ठ, आशा राणा अधिकारी, इन्द्रकुमार श्रेष्ठ, जितेन्द्र धिताल, कविराज अधिकारी, कृष्णबहादुर अधिकारी, कृष्णप्रसाद शर्मा, मनिष झा, मनोजकुमार ज्ञवाली, मिलन गुरुङ, प्रद्युम्न पोखरेल र सुमन शर्मा निर्वाचित हुनुभएको छ ।


SHARE THIS