आन्तरिक रेमिट्यान्समा राष्ट्र बैंकको कडाई, प्रति कारोबार सीमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा घटाएको छ । बुधबारदेखि नै लागु हुनेगरी यस्तो सीमालाई घटाइएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

रेमिट्यान्स कम्पनीका सब एजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार प्रतिदिन २५ हजार रुपियाँसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसअघि यस्तो आन्तरिक रेमिट्यान्स कारोबारको अधिकतम सीमा एक लाख रुपियाँसम्म थियो ।  विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको रेमिट्यान्स रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन गरिएको छैन् ।


SHARE THIS