चालु आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक गर्दै समीक्षा सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले बैंकहरुले राष्ट्र बैंकसँग लिने सापटीको ब्याजदरलाई बढाएको छ। केन्द्रीय बैंकले बिहीबार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै यस्तो दरलाई बढाएको हो । मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत कायम गरेको छ। यसअघि बैंकहरुले ५ प्रतिशत ब्यादरमा स्थायी तरलता सुविधा लिँदै आएका थिए ।

यस्तै नीतिगत रिपो दर ५।५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखिएको छ । आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाको पूर्ण पाठ यसप्रकार रहेको छ । तलको लिङ्कबाट पूर्ण पाठ हेर्न सक्नुहुनेछ ।

https://www.nrb.org.np/contents/uploads/2022/02/MP2078_79-Mid-term-Review-Final.pdf


SHARE THIS