कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रंखला शुभारम्भ

काठमाडौँ । नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोषबीच वि.स. २०७८ असोजमा भएको सम्झौता बमोजिमको कृषि को समावेशी रुपान्तरणका लागि मुल्य श्रृंखला परियोजना शुभारम्भ गरिएको छ ।

गुणस्तरीय ग्रामीण वित्तीय सेवामार्फत मूल्य श्रृंखलामा आधारीत कृषि व्यवसायलाई बजारसँग आवद्घ गरेर प्रतिष्पर्धी एवं नाफामूलक कृषि उद्यम विकास गर्ने उद्देश्यले सो परियोजना शुरु गरिएको हो ।

परियोजनाको राजश्व सचीव कृष्णहरी पुस्करले एक कार्यक्रमकाबीच विधिवत शुभारम्भ गर्नु भएको हो । हालैका दिनमा नेपाल सरकारले कृषि लगानीका लागि अगुवा बैंकको रुपमा परिभाषित गरेको, किसान कार्ड÷एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गरि श्रोत संकलन मार्फत कृषि क्षेत्रमा वित्तिय सहयोग पु¥याउँदै आएको कृषि विकास बैंकलाई नेपाल सरकार मार्फत कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोषबाट करीब ८० मिलियन अमेरीकी डलर वित्तीय ऋण सहयोग उपलब्ध हुने सो अवसरमा जानकारी गराइयो ।

कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रंखला कार्यक्रम देशका पाँच वटा प्रदेशको विभिन्न जिल्लाहरुमा आयात प्रतिस्थापन गर्न सकिने, निर्यात प्रर्वद्धन योग्य र केहि कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भरता तर्फ लैजाने खालका १२ वटा बाली तथा पशुवस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको छ ।

कार्यक्रममा राजश्व सचीव कृष्णहरी पुस्करले यस्तो किसिमको सहयोगले साना कृषकहरुको आयस्तर बृद्धि हुने, रोजगारी सिर्जना हुने तथा यस क्षेत्रको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा गर्नुभयो । कार्यक्रमले प्रत्यक्ष रूपमा एक लाख बीसहजार साना कृषक परिवारहरु विशेष गरी महिला, युवा, दलित, जनजाति लगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा बृद्धि गर्दै जीविकोपार्जनमा सुधार गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि÷पशु तर्फका सचिव क्रमशः डा. गोविन्द प्रसाद शर्मा र  निरु दाहालले परियोजना सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो । दात्तृनिकाय आइएफएडीका तर्फबाट देशीय निर्देशक रोशन कुकले आफनो अनुभव र कार्यक्रमका बारेमा प्रकाश पार्दै कार्यक्रमको सफलताको कामना समेत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले दात्तृ निकाय मार्फत प्राप्त उक्त सहुलियतपूर्ण कर्जा रकम सही ढंगबाट कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मुल्य श्रृंखलामा आवद्ध गराई लगानी गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै उहांले कार्यक्रम गर्नका लागि कृषि विकास बैंकलाई जिम्मेवारी दिईएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय, आइएफएडीलगायत सरोकारवाला सबै निकायलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । उक्त अवसरमा कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रंखला परियोजनाको संक्षिप्त जानकारी बैंकका उपमहाप्रबन्धक  बाबुकाजी थापा तथा परियोजना निर्देशक विना शर्माले संयुक्त रुपमा प्रस्तुत गर्नु भएको थियो ।

कृषि विकास बैंकका अध्यक्ष तथा अर्थ मन्त्रालयका सह–सचिव रमेश कुमार के.सीले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो कार्यक्रमलाई सम्बोधन गर्दै बैंकले स्थापना हूँदाकै बखतमा लिएका उद्देश्य अनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्धि हुने गरी तथा आयात प्रतिस्थापन हुने गरी मूल्य श्रृंखलाको अवधारणाबाट लगानी गरिने बताउनुभयो । कार्यक्रमले साना किसानहरुको व्यवसाय बृद्धिमा टेवा पु¥याउने र कार्यक्रम सफल हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । कार्यक्रमको सञ्चालन शाखा प्रमुख प्रेम प्रसाद खनालले गर्नु भएको थियो ।


SHARE THIS