सार्वजनिक सवारी साधन, बैंक, बीमा, वित्तीय संस्था र एयरलाइन्सका कर्मचारीलाई हट्यो जोर बिजोर प्रणली, निजी सवारी साधनलाई कायम

काठमाडौं । सरकारले बढ्दो कोरोना संक्रमण कम गर्न सरकारले जारी गरेको जोर विजोर प्रणाली शुक्रबारदेखि हटाएको छ । सरकारले सार्वजनिक सवारी साधनमा लागू गरेको जोर बिजोर प्रणाली हटाएको हो भने निजी सवारी साधनका लागि भने यो प्रणाली कायम नै राखेको छ । शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

नयाँ निर्णय अनुसार सार्वजनिक सवारी साधनमा बस, माइक्रोबस र टेम्पोमा अब जोर विजोर प्रणाली लागू हुने छैन । साथै औषधि तथा स्वास्थ्य तथा सरसफाइका सवारी साधन, ग्यास र पेट्रोल ढुवानी गर्ने सवारी साधन, बैंक, बीमा तथा वित्तीय संस्था, वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू हुने छैन ।

यता होटल तथा रेष्टुराँ र क्यासिनोको हकमा कामदारले अनिवार्य रुपमा मास्क, फेस सिल्ड र पञ्जा लगाउनुपर्नेछ भने प्रवेश गर्ने सबै सेवाग्राहीले अनिवार्यरुपमा मास्कको प्रयोग गर्नुपर्नेछ । होटल तथा रेष्टुराँले क्षमताको आधाभन्दा बढी सेवाग्राहीलाई एकैपटक सेवा दिन पाउने छैनन् ।


SHARE THIS