बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० करोड ४८ लाख लगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौं । राष्ट्र बैङ्कले विभिन्न कोषहरुमा रहेको १० करोड रुपियाँ बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा आठ करोड ३९ लाख रुपियाँ, ‘ख’ वर्गका विकास बैङ्कमा एक करोड ५७ लाख रुपियाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा ५२ लाख रुपियाँ ३६५ लिनका लागि निक्षेपमा राख्न लागेको हो । आगामी फागुन २ देखि २०७९ फागुन १ गतेसम्मका लागि निक्षेप लिन बैङ्क तथा वित्तीय संस्थाले माघ १८ गते राति १२ बजेभित्र राष्ट्र बैङ्कमा अनलाइनमार्फत ब्याजदर प्रस्ताव गर्न शुक्रबार जारी सर्कुलरमा उल्लेख छ ।

मुद्दती निक्षेप लिनका लागि बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने सर्त राष्ट्र बैङ्कले राखेको छ । यस्तै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको तथा आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफामा रहेको हुनुपर्ने पनि राष्ट्र बैङ्कको सर्त छ ।


SHARE THIS