सिजेएनको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । सिजेएनको शुक्रबार राजधानीमा आयोजित ११ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिको अध्यक्षमा सहकारीखबर डटकमका काजी श्रेष्ठ निर्विरोध निर्वाचित हुुनुुभएको छ । उपाध्यक्षमा अन्नपूणर् पोस्ट दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सह-सचिवमा गोरखापत्र दैनिकका भेषराज बेल्बासे र कोषाध्यक्षमा रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठ निर्विरोध चयन हुनुुभएको छ ।

त्यस्तै सदस्यहरुमा मेरोलगानी डटकमका सुधा देवकोटा र विकास न्यूज डटकमका सन्तोष रोकाया चयन हुुनुुभएको छन् । बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्ने सिजेएनले जनाएको छ ।


SHARE THIS