वर्ल्ड लिंकको इन्टरनेटको स्पिड १५० एमबीपीएस गतिमा

काठमाडौँ  । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालमै पहिलो पटक छ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ ।

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने भन्दै यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३।० राउटरसँगै इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने कम्पनीको भनाइ छ ।

घरायी उपभोक्ताले अब बार्षिक १४ हजार चार सय रुपियाँ अर्थात मासिक एक हजार दुई सय रुपियाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोगा गर्न पाउने छन् । १५० एमबीपीएससहति २२५ एमबीपपीएस र तीन सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

वर्ल्ड लिंकका निर्देशक मनोज अग्रवालका अनुसार वर्ल्ड लिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा तल्लिन छ । नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वजनिक गरेको उहाँले बताउनुभयो  ।

विभिन्न तथ्याङ्कले देखाएअनुसार विश्वमा औसत इन्टरनेटको स्पिड ८० एमबीपीएस हाराहारीमा छ भने नेपालमा इन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ ।

साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा छ ।


SHARE THIS