प्रदेश न. ३ को पूर्व तर्फको लिउथिनियन गर्भनरमा बस्नेत

 


काठमाडौं, जेठ २२ गते । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज नेपाल प्रदेश न. ३ को पूर्व तर्फको लिउथिनियन गभर्नरमा सुजित बस्नेत सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

सन् २०२१-२०२२ को लागि लिउथिनियन गभर्नरमा बस्नेत भर्चुअल जुम मिटिङबाट भएको निर्वाचनमा उहाँ सर्वसम्मत रूपमा निर्वाचित हुनु भएको किवानिज क्लव सिन्धोपाल्चोकका संस्थापक अध्यक्ष नारायणबहादुर राउतले जानकारि दिनु भएको छ ।
यस्तै काठमाडौं बाटिकाबाट शरदकुमार दाहाल इलेक्ट लिउथिनियन गभर्नरमा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
सो भर्चुअल जुम मिटिङमा किवानिज नेपालका गभर्नर मोहन लम्सालले किवानिज नेपालको गठन र यसको उदेश्यका साथै नेपाल भर यस्ले बालबालिका क्षेत्रमा गरेका कार्यक्रमहरूका बारेमा चर्चा गर्नुभएको थियो ।
नवनिर्वाचित लिउथिनियन गभर्नर बस्नेतले किवानिज नेपालका सम्पूर्ण पदाधिकारी, प्रदेश ३ पूर्वका गभर्नरका साथै किवानिस क्लबका सम्पूर्ण सदस्य, किवानिज क्लब सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष नारायणबहादुर राउत र किवानिस क्लब सिन्धुपाल्चोकका सबै सदस्यलाइ धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै भर्चुअल जुम मिटिङमा किवानिज नेपाल प्रदेश न. ३ का १३ वटा क्लवका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्यरूपमा उपस्थिति रहेको थियो ।


SHARE THIS