सेयर बजारमा कारोबार रकम गत साता भन्दा १७ अर्ब दुई करोड २० लाख ३४ हजार बढी, नेप्सेको विन्दु साढे २८ सयमाथि

काठमाडौं । लगातार रेकर्ड ब्रेकमा लागेको सेयर बजार साढे २८ सयको विन्दुमाथि लाग्दा कारोबार रकममा पनि नयाँ रेकर्ड कायम गर्दै उच्च बृद्घि भएको छ । 

गत साताको भन्दा यो साता कारोबार रकम पनि १७ अर्ब दुई करोड २० लाख ३४ हजार बढी भएको छ । गत साता चार कारोबार दिनमा ५० अर्ब ७७ करोड २५ लाख सात हजार बराबरको शेयर कारोबार भएकोमा यो साता ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको हो ।

यस्तै गत साता ११ करोड ७५ लाख ८३ हजार ४८१ कित्ता शेयर कारोबार भएकोमा यो साता १५ करोड छ लाख १२ हजार ७३८ कित्ता शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता तीन करोड ३० लाख २९ हजार २५७ कित्ता बढी शेयर कारोबार भएको हो ।

धितोपत्र बजारमा यो साताको कुल बजार पूँजीकरण आधा अर्बभन्दा बढीले बढेको छ । गत साता ३९ खर्ब छ अर्ब रुपियाँ रहेको कुल बजार पूँजीकरण यस साता बढेर ३९ खर्ब ६४ अर्ब रुपियाँ पुगेको हो ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १७.६७ प्रतिशत बढेको छ । गत साता १६५०.८३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता २९१.६८ अंक बढेर १९४२.५१ विन्दुमा पुगेको छ ।

यस साता अंकका आधारमा विकास बैंकको परिसूचक सर्वाधिक बढेको छ । यस उपसमूहको परिसूचक ६००.२२ अंक बढेर ४०५०.३२ विन्दुमा पुगेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.४६ प्रतिशत अर्थात २४४.०३ अंक घटेको छ ।

यस साताको मोस्ट पपुलर बाइ स्टकको सूचीमा गोर्खाज फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, ग्रामिण विकास लघुवित्त लगायतका कम्पनीहरु परेका छन् भने मोस्ट पपुलर सेल स्टकको सूचीमा राधी विद्युत कम्पनी, सिटिजन्स म्युचुअल फण्ड १, माउन्टेन इनर्जी लगायतका कम्पनीहरु परेका छन् ।

पाँच कारोबार दिन कारोबार भएको यो साता तीन दिन नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक रकमको कारोबार रकमसहि तबर्चस्व कायम ग¥यो । पहिलो कारोबार दिन नेशनल हाइड्रोपावर र दोस्रो दिन राधी विद्युत कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो । यो साताको तीन कारोबार दिन सर्वाधिक कारोबार रकमको हिस्सा ओगटेको नेपाल पुनर्बीमा कम्पनीको पाँच कारोबार दिनमा भने तीन अर्ब ५९ करोड ४३ लाख ९९ हजार बराबरको २१ लाख १३ हजार ३६४ कित्ता शेयर कारोबार भएको छ ।

साताको अन्तिम कारोबार दिन नेप्से हालसम्मकै उच्च विन्दुमा बन्द भएको थियो । बजार खुलेका पाँच दिनमध्ये तीन दिन उकालो लाग्दा नेप्सेले उक्त विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ इण्डेक्स ९.४१ अंक बढेर ५१३.११ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स ३.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.४४ अंक बढेको छ ।


SHARE THIS