कोभिड १९ को संक्रमणको जोखिम कम गर्न सरकारलाई एनसेलको सहयोग


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले कोभिड १९ को संक्रमणको जोखिम कम गर्न सरकारलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गरेको छ ।
एनसेलले सरकारलाई सहयोग स्वरुप दिन लागेको १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलो लट शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तरगत एनसेलले उक्त सहयोग गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।'
एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर्स सहयोगको हामी कदर गर्दछौं । अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितीमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भन्नुभयो – 'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत आएको यो सहयोगले गम्भीर बिरामी भई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहका मानिसको जीवन बचाउन योगदान दिनेछ र साथै जिल्लास्तरका अस्पतालहरुको चिकित्सा पूवाधार विकासमा सहयोग पु-याउने छ ।’
एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भन्नुभयो – 'देशका जनताहरुलाई सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिदैं यस महामारीको समयमा अमुल्य जीवन बचाउन सहयोग पु-याउने हेतुले हामी अस्पतालहरुलाई १५० थान भन्दा बढि अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्दैछौं । एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा महामारी शुरु भए लगतै गत वर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपियाँ योगदान ग¥यौं । कोभिड प्रतिकार्य अन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि शुरु गरिसकेका छौं । यसले चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहँु स्वास्थ्य परामर्श प्रदान गर्दछ ।’

SHARE THIS