फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल लिटरकै १२० रुपियाँ

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य फेरी बढाएको छ। निगमले आइतबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा दुई रुपियाँ बढाएको हो।

मूल्यबृद्धि पछि पेट्रोल लिटरको १२० रुपियाँ र डिजल तथा मट्टितेलको मूल्य १०३ रुपियाँ कायम भएको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ। खाना पकाउने एलपीजी ग्यास एक सिलिण्डरमा ४१८ रुपियाँ ४७ पैसा  घाटा रहेको निगमले दाबी गरेको  छ।


SHARE THIS