नयाँ परिवेशमा विद्यालयले अपनाउने पद्दतिमा बालबालिकालाई विस्तारै डोर्‍याउन आवश्यक

भक्तपुर । कखरा प्रिस्कुलले शनिबार ‘न्यू नर्मल फन डे’ को आयोजना गरेको छ । कखरा परिसरमा आयोजित कार्यक्रममा नेपाल सरकारले तोके बमोजिमका स्वास्थ्य तथा सुरक्षा प्रोटोकोलको पालना गरी बाल शिक्षा, खेलकुद, मनोरञ्जन र खानाका परिकारसँग सम्बन्धित विभिन्न स्टलहरु राखिएका थिए ।

खुला चउरमा साथीहरुसँग दौडदै, खेल्दै, उफ्रँदै र रमाउँदै अध्ययन गर्ने बानी परेका बालबालिका कोभिड १९ माहामारीका कारण लामो समयसम्म घररकोठमा कैद हुनुपर्दा बलाबालिकामा उत्पन्न नैरास्यताबाट छुटकारा दिलाई माहामारीबाट सृजित नयाँ खाले परिवेश (न्यू नर्मल) मा पनि बाल सिकाई, खेलकुद, खानपान र मनोरञ्जनको प्रभावकारी वातावरण दिन सकिन्छ भन्नेको कुराको सन्देश समुदाय समक्ष पुर्‍याउने उद्देश्यले कखराले शनिबार ‘न्यू नर्मल फन डे’ को आयोजना गरेको जनाएको छ ।

कखरा परिसरमा आयोजित कार्यक्रममा नेपाल सरकारले तोके बमोजिमका स्वास्थ्य तथा सुरक्षा प्रोटोकोलको पालना गरी बाल शिक्षा, खेलकुद, मनोरञ्जन र खानाका परिकारसँग सम्बन्धित विभिन्न इस्टलहरु राखिएका थिए ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै विद्यालय प्रिन्सिपल निशा न्यौपाने घिमिरेले माहामारीबाट सृजित नयाँ परिवेशबाट मुक्त भई पूर्वत्तर सामन्य परिवेश कहिले कायम हुन्छ भन्ने कुरा अझै अनुमान गर्न नसकिरहेको वर्तमान समयमा सरकारले तोकेका स्वास्थ्य, सुरक्षा उपायको अनुशरण गर्दै बाल सिकाई र विकासलाई अघि बढाउनु बाहेकको विकल्प नरहेको हुँदा नयाँ परिवेशमा विद्यालयले अपनाउने पद्दतिमा बालबालिकालाई विस्तारै डोर्‍याउन आवश्यक भएकाले विद्यालयले यस्तो  कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

विद्यालयका प्रबन्ध सञ्चालक उमानाथ निरौलाले माहामारीबाट सृजित नयाँ परिवेश र त्यसबाट उत्पन्न चुनौतिप्रति अभ्यस्त हुनमा कार्यक्रमले बालबालिकालाई मात्र नभई अभिभाभवकहरुलाई समेत सघाउ पुग्ने अपेक्षा गर्नुभयो ।


SHARE THIS