राष्ट्र बैंकले खुल्ला ग-यो पचास करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र बिक्री

काठमाडौं । मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केका नेपाली नागरिक वा गैर–आवासीय नेपालीका लागि वैदेशिक रोजगार बचपत्र बिक्री खुल्ला भएको छ ।

वैदेशिक रोजगारीमा रहेका तथा रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकहरुलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले ५० करोड रुपियाँको वैदेशिक रोजगार बचपत्र बिक्री खुल्ला गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका र रोजगारीबाट स्वदेश फर्किएका नेपाली नागरिकहरुलाई लक्षित गरेर राष्ट्र बैंकले शुक्रबारदेखि ‘वैदेशिक रोजगार बचतपत्र २०८२ ‘ख’’ को बिक्री खुल्ला गरेको हो ।

राष्ट्र बैंकका अनुसार बचतपत्र खरिदको लागि आगामी फागुुन २ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

निष्काशन मिति आगामी फागुुन ८ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिती भने २०८२ फागुन ८ गते तोकिएको छ । वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुुने राष्ट्र बैंकले जनाएको छ ।

घटीमा १० हजार रुपियाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिदको सीमा तोकिएको बचपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिनेछ ।

मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी)को नाममा खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक खरिदकर्ताले आपूmलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाण्डौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुबाट व्याज भुत्तानी लिन सकिने व्यवस्था पनि गरिएको छ ।

यो बचतपत्र खरिदको लागि नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभुु बैंक, सिटी एक्सप्रेस, प्रभुु मनी ट्रान्सफरसहितका ११ वटा संस्थाहरु तोकिएको छ ।

बचतपत्र खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्काशन मिति भन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको ब्याज रकम तोकिएको ब्याजदरमा भुक्तानी दिइने राष्ट्र बैंकले जनाएको छ ।

कामदारले आवेदन दिँदा राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, दुुई प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्ने हुन्छ ।

साथै, परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात र नावालकको नाममा संरक्षक भइ खरिद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र पेश गनुपर्ने हुन्छ ।

रितपूर्वक पेश नभइ अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रकम बिना ब्याज निष्काशन मिति पश्चात सात दिनभित्र फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ ।

के हो वैदेशिक रोजगार बचतपत्र ?

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी) तोकी नेपाली रूपियाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र ‘वैदेशिक रोजगार बचतपत्र’ हो । यो बचतपत्रको अवधि पाँच वर्षको रहेको छ ।


SHARE THIS