कोरोना कहरः पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष

गीता पौडेल

काठमाडौँ । कोभिड १९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार-पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको सेजन अर्थ नीति बहस अन्र्तगत पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार,नीजि क्षेत्र लगायतका निकायले गरेका कामहरुलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताउनुभयो ।

कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्ति परिवर्तन हुने भन्दै अब ठुलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताउनुभयो । ‘अब मास टुरिजमको एरा गयो ।’ पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो । अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ जहाँ कुनै विषेक्ष इन्ट्रेसको आधारमा सेवा दिन सकिन्छ ।

त्यसो भयो भने मात्रै पर्यटक भित्र्याउन सकिने भन्दै उहाँले पर्यटन क्षेत्रमा केही नयाँ आविस्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताउनुभयो । कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाई छ ।

कोरोनाको डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्ने भन्दै उहाँले भन्नुभयो –तर निरन्तरता दिन पनि अनिश्चितताका कारण समस्या भएको श्रेष्ठको भनाई छ । नेपालको पर्टयन क्षेत्रले पर्यटकका लागि के के दिन सक्छन् भन्ने निस्थिचत पनि गर्नुपर्ने उहाँको भनाई थियो ।

पर्यटन क्षेत्रका लागि २०२० सबैभन्दा बढी नकारात्मक भएको भन्दै त्यसबाट माथि उठ्नुको विकल्प नभएको समेत पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाई थियो । भुकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर यसपालीको समस्या भने केही फरक भएकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्नेमा उहाँको जोड थियो ।

व्यवसाय खुलेपछि प्रसार प्रचार गर्ने बेला पनि यही भएको र यही आधारमा यति मात्रै पर्यटक ल्याउनछौँ भन्ने बजार व्यस्थापनमा जान सकिने उहाँले बताउनुभयो । त्यस्तै, कोभिडबाट बच्न गरेको प्रोटोकल तथा कामहरुको प्रचारप्रसार र नेपालमा अहिलेसम्म गर्न नसकेको प्याकेज जस्तो कन्जरभेशन एरिया बन्द अवस्थामा छन् ।

त्यस्तो क्षेत्रमा अहिलकति लचकता अपनाउनुपर्ने उहाँले बताउनुभयो । नेपालमा पर्यटक भित्र्याउन ऐतिहासिक तथा नीतिगत व्यवस्था गर्न सके पर्यटक भित्र्याउन सकिनेमा श्रेष्ठको जोड थियो । त्यसका लागि पर्यटकको स्वास्थ्य सुरक्षा तथा बीमाका कुराहरुलाई समेटेर प्याकेज ल्याउन सकिने भन्दै यस्तर्फ ध्यान पु-याउनुपर्ने बताउनुभयो ।

कोरोनाले पर्यटन क्षेत्रमा मात्रै नभई स्वास्थ्य, अर्थतन्त्र र सामाजिक क्षेत्रमा पनि समस्या निम्याउन थालेको भन्दै त्यसका लागि सरकारले नीतिगत व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो ।

त्यसैलाई लक्षित गर्दै सरकारी तथा नीजि क्षेत्रबाट गरेको लगानी जोखिममा परेको श्रेष्ठले बताउनुभयो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि स्टिमुलस प्याकेज ल्याएको भएपनि कार्यान्वयन नहँुदा प्रभावकारी नभएको पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो ।’

‘कार्यान्वयन नहँदा स्टिमुलस प्याकेज पनि प्रभावकारी भएको छैन ।’ उहाँले भन्नुभयो । त्यस्तै, फरक स्वार्थ भएका धेरै स्टेक होल्डरहरु पर्यटन क्षेत्रमा भएका कारणले यी सबैको स्वार्थलाई समन्यन गर्न सके पर्यटक भित्र्याउन सकिनेमा उहाँको जोड थियो ।

त्यसैगरी, पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठुलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन  चार-पाँच वर्ष लाग्ने बताउनुभयो । ‘२०२४/२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न ।’ संयोजनक शाक्यले भन्नुभयो ।

पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी क्षेत्र दुबै क्षेत्रको समन्वयनको आवश्यकता पर्नेमा शाक्यले जोड दिनुभयो । त्यस्तै, पर्यटक भित्र्याउन विमानस्थलको सम्पुर्ण व्यवस्थापन गर्न नीजि क्षेत्र तयार रहेको संयोजक शाक्यको भनाई छ ।

कोरोनाका कारण अर्थतन्त्रमै ठुलो समस्या भएकाले सरकारलाई पनि राजश्व उठाउन समस्या भइरहेका बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीहरुले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताउनुभयो । त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घर भाडा लगायतका खर्च कटौती गर्न पाउनुपर्ने उहाँले बताउनुभयो । पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन खर्च कटौतीको विकल्प नभएको संयोजक शाक्यले बताउनुभयो ।

पर्यटन क्षेत्रको उत्थानका लागि बजेट मार्फत ल्याएको प्याकेजलाई कार्यन्वयनमा ल्याउनुपर्नमा जोड दिनुभयो । त्यस्तो प्याकेज दिँदा पार्टीको झण्डा बोक्नेलाई दिने वातावरणको अत्यन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।


SHARE THIS