राजस्व संकलन गर्ने सबै काउन्टर भदौ २५ गतेसम्म खोल्नु : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी भदौ २५ गतेसम्म राजस्व संकलन गर्ने सबै काउन्टर खोल्न मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

क, ख र ग वर्गका बैंंक तथा वित्तीय संस्थाहरुलाई भदौ २५ गतेसम्म राजस्व संकलन गर्ने सबै शाखा काउन्टर खुल्ला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

भदौ २३, २५ र २५ गते राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको राजस्व संकलन गर्ने शाखा काउन्टर तथा बैंकको क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टर खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

निशेधाज्ञामा बैंकहरुले सीमित शाखा कार्यलय खोलेर सेवा प्रदान गर्दे आएका थिए ।

राष्ट्र बैंकले सोमबार बेलुका जारी गरेको निर्देशन अनुसार बैंकहरुले राजस्व संकलन गर्ने सबै शाखा काउन्टर मंगलबार, बुधबार र विहीबार खुल्ला गर्नुपर्ने भएको छ ।




SHARE THIS