बलेवामा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।

एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले गर्नुभयो ।

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।


SHARE THIS