मङ्गलबार थपिए ८३ जनामा कोरोना संक्रमित, स्वास्थ्यकर्मी र सञ्चारकर्मी पनि संक्रमित

काठमाडौं । नेपालमा एकै दिन ८३ जना कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित थपिएका छन् । मङ्गलबार थपिनेहरुसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २१७ पुगेको छ । यसमध्ये ३४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
मङ्गलबार एकैदिन नेपालमा ८३ जनामा कोभिड-१९ पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो। मङ्गलबार नै मन्त्रालयले ५७ जना कोरोना संक्रमित भएको जानकारी दिएको थियो।
पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १ र सर्लाहीका एक जना छन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ।
यसअघि मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका प्रयोगशालामा गरिएको परीक्षणअनुसार पुष्टि भएका सबै ५७ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिनुभएको थियो ।
नयाँ पुष्टि भएकामा कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बाराका १ जना थिए। हालसम्म प्राप्त विवरणअनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको थियो ।
पहिलो पटक पत्रकार पनि संक्रमित
पर्सामा थपिएका संक्रमितमध्ये २५ जना वीरगञ्ज महानगरपालिकाका छन् । उनीहरु छपकैया, इनरवा, घुसुकपुर र नग्वा क्षेत्रका हुन् । र, १२ बर्षदेखि ५३ बर्ष उमेरका छन् । पहिलोपटक दुई जना वीरगञ्जका पत्रकार समेत छन् । छिपरमाई गाउँपालिकाको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसका १४ जना संक्रमित छन् । उनीहरु १३ वैशाखमा बागलुङबाट पर्सा पुगेका थिए ।
बाराको बिश्रामपुर गाउँपालिकाका संक्रमित १४ बर्षीय किशोर हुन् । छपकैयाका संक्रमितको कट्याक ट्रेसिङका क्रममा उनको थ्रोट स्वाब संकलन गरिएको थियो । कोरोना संक्रमितको संख्या बढेसँगै पर्सा र बारा प्रशासनले निषेधाज्ञा समेत जारी गरेका छन् ।
स्वास्थ्यकर्मी पनि संक्रमित
कपिलवस्तुमा थपिएका ८ जना संक्रमितमध्ये एक जना २५ वर्षीया स्वास्थ्यकर्मी समेत रहेको मन्त्रालयले जनाएको छ  । नेपालमा स्वास्थ्यकर्मीमा पनि पहिलो पटक संक्रमण पुष्टि भएको हो ।
तौलिहवा अस्पतालमा कार्यरत ९ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये एक जनामा संक्रमण पुष्टि भयो भने ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मी काम छन् ।
मङ्गलबार थपिएका सबै संक्रमित कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । यसससँगै कपिलवस्तुमा मात्र कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।
संक्रमित स्वास्थ्यकर्मीसहित सात जनालाई मङ्गलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ । उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
अहिले विश्वमा कोरोना संक्रमणबाट ४२ लाख २२ हजार ९६८ जना संक्रमित छन भने दुई लाख ८७ हजार  ८०९ जनाको मृत्यु भइसकेको छ । निको भएकाको संख्या १४ लाख ७१ हजार ४९६ पुगेको छ ।

SHARE THIS