काठमाडौं । सुधारको
लयमा लागेको सेयर
बजारले दोस्रो दिन पनि
सुधारलाई नै निरन्तरता
दिएको छ । लामो समयपछि
१३ सयको विन्दु
पछ्याएको नेप्सेले लगानीकर्तामा उत्साह
जगाउन थालेको छ
। १५ अंकभन्दा
बढीले उकालो लागेको
सेयर बजार मापक
नेप्से परिसूचकसँगै कारोबार पनि
राम्रो भएको छ
। यद्यपी यस
दिनको नेप्से पहिलो
दिनको तुलनामा कमी
हो भने कारोबार रकम भने
पहिलो दिनको तुलनामा
३७ करोडले बढी
हो ।
सोमबारको सेयर बजार
मापक नेप्से परिसूचक
१५.१४ अंकले
उकालो लागेर १२७०.८६ को
विन्दुमा पुगेर अडिएको छ
। यस दिन
क वर्गका कम्पनी
मापक सेन्सेटिभ इन्डेक्स
३.५५ अंकले
उकालो लागेर २७६.२८ अंकमा
पुगेको छ ।
समग्रमा साताको दोस्रो दिनको
नेप्से १.२१
प्रतिशतले उकालो लागेको छ
भने सेन्सेटिभ इन्डेक्स
३.५५ प्रतिशतले
उकालो लागेको छ
।
केही दिनदेखि सुधारको बाटो
पछ्याइरहेको सेयर बजारमा
यो साताको पहिलो
दिन उच्च अंकले
सुधार आएको थियो
। आइतबार ४३
अंकले उकालो लागेको
बजारलाई साथ दिंदै
यस दिनको कारोबार
रकम पनि ५०
करोडले बृद्घि भएको थियो
।
आइतबारको सेयर बजार
मापक नेप्से परिसूचक
४२.६१ अंकले
उकालो लागेर १२५५.७२ को
विन्दुमा पुगेर अडिएको थियो
। यस दिन
क वर्गका कम्पनी
मापक सेन्सेटिभ इन्डेक्स
८.४७ अंकले
उकालो लागेर २७२.७३ अंकमा
पुगेको थियो ।
समग्रमा साताको पहिलो दिनको
नेप्से ३.५१
प्रतिशतले उकालो लागेको थियो
भने सेन्सेटिभ इन्डेक्स
३.२० प्रतिशतले
उकालो लागेको थियो
।
सोमबार १८३ कम्पनीको
१९ हजार ३५०
पटकको कारोबारमा एक
अर्ब ७० करोड
५० लाख ६०
हजार ६६४ रुपियाँ
बराबरको ५१ लाख
१८ हजार ६३६
कित्ता शेयर खरिदबिक्री
भएको छ । जुन अघिल्लो
दिनको तुलनामा ३७
करोड रुपियाँभन्दा बढी
हो ।
आइतबार १७९ कम्पनीको
१५ हजार ९०७
पटकको कारोबारमा एक
अर्ब ३३ करोड
५७ लाख ४७
हजार रुपियाँ बराबरको
३८ लाख ३१
हजार कित्ता शेयर
खरिदबिक्री भएको थियो
। जुन अघिल्लो
दिनको तुलनामा पचास
करोड रुपियाँभन्दा बढी
हो ।
दोस्रो दिन कारोबारमा
आएका १२ उपसमूहमध्ये
१० उपसमूहको परिसूचक
उकालो लागेको छ
भने बाँकी दुई
उपसमूहको परिसूचक ओरालो लागेको
छ । जलविद्युत
उपसमूहको परिसूचक ४.९४
प्रतिशत र व्यापार
उपसमूह ३.६६
प्रतिशत बढेको यस दिन
लघुवित्त र उत्पादन
उपसमूहको परिसूचक भने ओरालो
लागेको छ ।
आइतबार कारोबारमा आएका सबै
उपसमूहको परिसूचक उकालो लाग्दा
निर्जीवन बीमा उपसमूहको
परिसूचक सर्वाधिक ८.१७
प्रतिशतले उकालो लागेको थियो
। लघुवित्त र
जीवन बीमा उपसमूहको
परिसूचक साढे छ
प्रतिशतभन्दा बढीले उकालो लागेको
थियो ।
दोस्रो दिन घोडीघोडा
लघुवित्त र सानिमा
माई हाइड्रोको शेयरमूल्य
उच्च दरले उकालो
लागेको छ ।
घोडीघोडाको शेयरमूल्य ९.८७
प्रतिशत र सानिमा
माईको ९.७८
प्रतिशतले उकालो लागेको छ
भने चिलिमे
हाइड्रोपावर र राधी
विद्युत कम्पनीको शेयरमूल्य पनि ८.६७ प्रतिशत
उकालो लागेको छ
।
कारोबार रकमका आधारमा छ करोड चार लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएर अग्रपँक्तिमा रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशियाको यस दिन साढे पाँच करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, प्रभु बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंकको कारोबार रकम चार करोड नाघेको छ । यता सिभिल लघुवित्त, गणपति माइक्रोफाइनान्स, विजय लघुवित्त, नयाँ नेपाल लघुवित्त र सामुदायिक लघुवित्तको शेयरमूल्य पाँच प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।