कृषि विकास बैंकले ३० प्रतिशत लाभांश दिने


काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको आइतबार राजधानीमा सम्पन्न १३ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको २४ (कर सहित) प्रतिशत नगद लाभांश र छ प्रतिशत बोनस शेयर वितरण गर्नेे प्रस्तावलाई पारित गरेको हो ।
बैंकका करिब दुई लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुको साधरणसभामा उपस्थिती रहेको थियो । साधरणसभामा शेयरधनीहरुले उठाएका जिज्ञासको सञ्चालक समिति अध्यक्ष क्षेत्रबहादुर सेंजुवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
साधरणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारी र बैंक सञ्चालक समितिका सदस्यहरु झक्क प्रसाद आचार्य, रघुराम विष्ट, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो ।


SHARE THIS