“ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता— २०८२” सम्पन्न

“ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता— २०८२” सम्पन्न

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पूर्वी क्षेत्रले आयोजना गरेको “ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता— २०८२” सम्पन्न भएको छ ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल, ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं जिल्ला, काठमाडौं जिल्ला अन्तरगत पूर्वी क्षेत्र, पश्चिम क्षेत्र लगायत अन्य १४ वटा इकाई समितिबाट १० वटा टिमले सहभागिता जनाएको  प्रतियोगिता दुई दिन चलेको थियो ।

प्रतियोगिताको उद्घाटन तथा समापन समारोह ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वी क्षेत्रका अध्यक्ष विष्णु कुमार श्रेष्ठको सभापतित्व र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो भने कार्यक्रम सञ्चालन पुर्वी क्षेत्रका सचिव दिलराम श्रेष्ठले गर्नु भएको थियो ।

समापन समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, वरिष्ठ सल्लाहकार निरन्जन कुमार श्रेष्ठ, महिला उद्यमी समिति संयोजक तथा महासंघ उपाध्यक्ष बिष्णुमाया उचहीलगायत महासंघका पदाधिकारीहरु तथा सदस्यहरु, काठमाडौं जिल्लाका अध्यक्ष सुनिल कुमार अमात्य, उपाध्यक्ष रोहित श्रेष्ठ, महासचिव पशुपति श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्यहरु, पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरी, वरिष्ठ उपाध्यक्ष सालिकराम सुवेदी लगायत पदाधिकारी तथा सदस्यहरु भक्तपुर जिल्ला अध्यक्ष, ललितपुर जिल्ला सचिव,१४ वटै इकाईका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सहभागि १० वटा टिमलाई हराउँदै पुर्वी क्षेत्र अन्तरगतको जोरपाटी इकाई बिजयी बन्न सफल भएको थियो भने पुर्वी क्षेत्रकै कपन इकाई दोस्रो स्थानमा रहेको थियो ।

प्रथम भएको टिमले ४० हजार नगद, ट्रफी, मेडल सहित प्रमाणपत्र पाएको थियो भने दोस्रो भएको टिमले २५ हजार नगद, ट्रफी, मेडल सहित प्रमाणपत्र पाएको थियो । विजयी टिमलाई प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठ सहित विशेष अतिथिहरुले अबिर लगाएर नगद, ट्रफी, मेडल सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

समापन कार्यक्रममा इकाईहरुको तर्फबाट बालाजु गोंगवु इकाई अध्यक्ष साजन गुरुङ, जोरपाटी इकाई अध्यक्ष गणेश श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो भने ललितपुर जिल्लाका सचिव तथा भक्तपुर जिल्लाका अध्यक्षले शुभकामना दिनु भएको थियो ।

शुभकामना मन्तव्य दिँदै पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरीले केहि हार्डवेयरहरुले अझै तौलमा बेईमानी गरिरहेको हुनाले सचेत हुन सबै व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

काठमाडौं जिल्लाका उपाध्यक्ष रोहित श्रेष्ठले शुभकामना मन्तव्य राख्दै देश संघिय संरचनामा गएको यतिका वर्ष भई सकेकोले यो संगठनको संरचना समेत संघीय ढाँचामा लैजान ढिला भएको महसुस भएको हुँदा यो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

समापन समारोहमा बोल्दै काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्यले आन्तरिक रुपमा कहिलेकाहीँ साना तिना वाद विवाद भए पनि यस्ता कार्यक्रमहरुले त्यस्तो विषयलाई मिलाएर भातृत्वको विकास हुनेमा विश्वास व्यक्त गर्दै अब काठमाडौं जिल्लामा स्थानिय तह बमोजिमको सांगठानिक संरचना अत्यन्तै आवश्यक भएकोले त्यसलाई विवादको विषय नबनाई मिलेर अगाडि बढ्न क्षेत्र तथा इकाईहरुलाई आग्रह गर्नुभयो ।

समापन समारोहमा महासंघको तर्फबाट उद्यमी महिला समिति संयोजक विष्णुमाया उचही र वरिष्ठ सल्लाहाकार निरन्जन कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले कार्यक्रमलाई भव्यताको साथ सम्पन्न गराउन पुर्वी क्षेत्रका आध्यक्ष विष्णुकुमार श्रेष्ठ लगायत पदाधिकारी सदस्यहरुले खेलेको भुमिकाको महासंघले उच्च मुल्याङ्कन गर्ने बताउनुभयो ।

प्रमुख अतिथि श्रेष्ठले यो कार्यक्रमले ग्रील तथा स्टील व्यवसायीहरु खेलकुद प्रति पनि सकारात्मक छन् भन्ने सन्देश दिन सफल भएको समेत बताउँदै आयोजक समितिको व्यवस्थापनलाई आफुले महत्वका साथ हेरेको बताउनुभयो ।

अब महासंघ अन्तरगतका सबै समितिहरु संघीय ढाँचामा जानुपर्ने आवश्यकता भएकोले कसैले पनि नअड्काउन सबैलाई अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।

कार्यक्रमलाई बिट मार्दै कार्यक्रमका सभापति तथा पुर्वी क्षेत्र अध्यक्ष विष्णु कुमार श्रेष्ठले कार्यक्रम सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिनुभयो ।

सभापति श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयो गर्ने महासंघ, जिल्ला संघ, क्षेत्रीय समिति परिवार तथा १४ वटै इकाई समिति परिवार तथा विभिन्न कम्पनी र हार्डवेयरहरुलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा नेपाटेक तथा अमात्य तारजाली लगायत कम्पनीहरुले सहयोग गरेको आयोजक पक्षले जनाएको छ ।

गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

गैडाकोट । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, विकास र साझेदारीको नमूनाको रुपमा मौलाकाली केवलकार विकास भएको बताउनुभयो ।

उहाँले संस्कृतिको संरक्षण, धार्मिक पर्यटनको विकासमा र रोजगारी सृजनामा निजी क्षेत्र, सरकार र स्थानीय निकायको साझेदारीको उत्कृष्ट नमूनाको रुपमा मौलाकाली केवलकार तथा यो पर्यटन पूर्वाधार रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले यस मोडललाई मुलुकका विभिन्न स्थानमा बन्ने अन्य पर्यटकीय संरचनाले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले संस्कृति, पर्यटन तथा हवाई नीति छिटै परिमार्जन गर्ने बताउँदै यो क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा मौलाकाली केवलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधारको विकासमा लगानी गरेको उल्लेख गर्दै उपयुक्त वातावरण पाएमा थप लगानी गर्ने बताउनुभयो ।

“उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरुले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ,” उहाँले भन्नुभयो ।

उहाँले लगानीको वातावरण बनाउने काम सबै तहका सरकारको रहेको र लगानीको मौखिक आह्वान नभई निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार मानेर ठोस र व्यवहारिक नीतिमार्फत अर्थपूर्ण सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

“मौखिक रुपमा गरिने आह्वानहरुले मात्र पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यवहारिक नीति मार्फत अर्थपूर्ण रुपमा सहजीकरण गर्नुपर्छ । सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी पर्यटकीय संरचनाहरु बनाउन जरुरी छ । म पुन: दोहोर्‍याउन चाहन्छु कि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ ।”

उहाँले पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्य अनुसार पर्यटक भित्र्याउन सकिने बताउँदै उहाँले पर्यटन पूर्वाधारको लगानीले तत्काल प्रतिफल दिने समेत बताउनुभयो ।

“हामीले पर्यटन पूर्वाधारमा लगानी गर्ने हो भने पर्यटकको बसाई लम्बाउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ । पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ,” उहाँले भन्नुभयो ।

यसले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ, गरिबी घटाउने छ, मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि आउने छ, अध्यक्ष ढकालले भन्नुभयो ।

“त्यसैले म फेरि पनि भन्छु, सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै मैले समय समयमा सरकारलाई बिना लगानीको पार्टनर भन्ने गरेको हुँ । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले संघीय तथा स्थानीय सरकारहरुलाई मेरो यो आग्रह तथा सुझाव छ,” उहाँले भन्नुभयो ।

गैडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गैडाकोटमा ठूलाठूला पर्यटन पूर्वाधार बनेकोमा खुशी व्यक्तगर्दै निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न आफुहरु तयार रहेको बताउनुभयो ।

गैडाकोट नगरपालिकाका पूर्व मेयर छत्रराज पौडेलले पर्यटन पूर्वाधारको विकासले स्थानीयस्तरमा आर्थिक गतिविधि बढेको उल्लेख गर्दै यस्ता थप पूर्वाधार विकासमा राज्य तथा निजीको ध्यानाकर्षण समेत गर्नुभयो ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले केबलकारको निर्माणपछि मन्दिरमा आउने दर्शनार्थीहरुको संख्या बढेको बताउनुभयो । उहाँले होटलको सञ्चालनसँग मन्दिरमा आउने तीर्थालु तथा भक्तजनहरुको संख्या थप बढ्ने अपेक्षा समेत गर्नुभयो ।

आज उद्घाटन भएको मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको यस होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध  छन् ।

केबलकार सहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।

आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ । 

हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन ।

लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रकृयामा छ ।

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध  छन् ।

केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास आइएमई ग्रुपले लिएको छ ।

आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ ।

हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन ।

लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।

त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रकृयामा छ ।

Our agriculture and industrial sectors are showing particularly strong performance, driving this growth momentum

Our agriculture and industrial sectors are showing particularly strong performance, driving this growth momentum

Kathmandu - President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) Chandra Prasad Dhakal called upon Indian investors to explore lucrative investment opportunities in Nepal's key economic sectors during his address at the "An Aspiring Nepal" symposium held today in Kathmandu.

Speaking to an audience that included prominent business leaders and policymakers from both Nepal and India, President Dhakal highlighted Nepal's remarkable economic progress, with the economy growing at 4.9% in the first half of the current fiscal year 2024/25.

"Our agriculture and industrial sectors are showing particularly strong performance, driving this growth momentum," Dhakal noted, while acknowledging some ongoing challenges in the services sector.

The FNCCI president drew attention to Nepal's macroeconomic stability, underscored by healthy foreign exchange reserves standing at $17.27 billion.

He particularly emphasized Nepal's demographic dividend, with a median age of just 25 years, presenting investors with a young, tech-savvy workforce ready to support business growth.

Dhakal outlined several high-potential sectors for investment such as energy, trade and emerging sectors.

Highlighting the landmark agreement where India has committed to purchasing 10,000 MW of hydroelectricity from Nepal over the next ten years.

Similarly, the continuation of duty-free access for Nepali manufactured goods in the Indian market, even after Nepal's graduation to developing country status in 2026.

Growing opportunities in information and communication technology (ICT), tourism, and commercial agriculture.

The FNCCI chief detailed significant improvements in Nepal's investment climate, including the simplification of foreign direct investment (FDI) procedures through an 'automatic route' system and the amendment of more than 30 laws to create a more business-friendly environment.

"These reforms demonstrate our government's strong commitment to facilitating investment and doing business in Nepal," Dhakal asserted.

Concluding his address, President Dhakal extended a warm invitation to the international business community: "With our strategic location, improving infrastructure, skilled workforce, and investor-friendly policies, Nepal offers unparalleled opportunities across multiple sectors. We welcome Indian and global investors to be part of our nation's exciting growth story."

The symposium, attended by Indian Prime Minister Narendra Modi's Economic Advisory Council member Sanjeev Sanyal, senior government officials and business leaders from both countries, served as an important platform to strengthen economic ties and explore new avenues for bilateral cooperation between Nepal and India.

रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा

रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले  औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताउनुभएको छ ।

शुक्रबारदेखि राजधानीको भुकृटीमण्डप परिसरमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करणलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सरकारले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री भण्डारीले भन्नुभयो – “यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।”

निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहको उल्लेख गर्दै उहाँले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभयो ।

हालै संसदमा पेश भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवद्र्धनलाई प्राथकितामा राखिएको बताउँदै उहाँले देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुुभयो ।

मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्राण्डिङ गर्न मेलाले सहयोग पु¥याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिष्पर्धात्क क्षमता बढाउन मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफुहरुले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उहाँको धारणा थियो ।

मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उहाँले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताउनुभयो । उहाँले आउने वर्ष आयोजना गरिने मेलालाई थप प्रभावकारी बनाउन सबै निजी क्षेत्र मिलेर मेला आयोजना गरिने र सो मेला काठमाडौं बाहिर आयोजना गर्दा उपयुक्त हुने धारणा राख्नुभयो ।

नेपाल, चीन र बंगलादेशका गरि १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रिय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिनुभयो ।

महासंघले मेलालाई वार्षिक क्यालेन्डरको हिस्साको रूपमा लिएर १० औं संस्करणसम्म आइपुगेको छ । अबका दिनमा यसलाई थप परिस्कृत र परिमाजृन गरि अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्डिङ गर्नुपर्ने उहाँले बताउनुभयो ।

मेलामा थाइल्याण्ड र इजरायलका राजदूत तथा पाकिस्तान, बंगलादेश, अमेरिका, रुस लगायतका नेपालस्थित राजदुतावास एवम तथा अन्तराष्ट्रिय श्रम संगठनका प्रतिनीधिहरुको समेत सहभागिता रहको थियो ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय÷व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना रहेको मेला आगामी वैशाख २९ गतेसम्म चल्ने छ ।

Collaboration to Develop Strong Leadership Between Ramada Encore and Impact Yes

Collaboration to Develop Strong Leadership Between Ramada Encore and Impact Yes

KATHMANDU – Ramada Encore Kathmandu, a premier 4-star upscale hotel, and U.S.-based leadership development organization Impact Yes today announced a strategic partnership to redefine leadership standards in Nepal’s hospitality sector.

The agreement, signed at Ramada Encore Kathmandu, aims to empower teams, elevate service excellence, and set new benchmarks for the region.

The collaboration will integrate psychology-driven training programs to foster innovation, staff engagement, and guest-centric practices. By prioritizing human connections and adaptive leadership, the partnership seeks to align Nepal’s hospitality industry with global standards.

“People are the heart of hospitality,” said Mahesh Phuyal, General Manager of Ramada Encore Kathmandu. “Investing in our team’s leadership growth ensures we remain competitive while delivering unforgettable experiences.”

“Future-ready leadership requires empathy and purpose,” added Kovid Panthy, Co-Founder of Impact Yes. “This partnership will equip Nepal’s hospitality professionals to thrive in a dynamic global landscape.”

Kim Baaden, Germany-based Co-Founder of Impact Yes, emphasized the human element: “Effective leadership starts with relationships. Together, we’ll strengthen Ramada Encore’s commitment to its employees and guests. We will set new benchmarks for hospitality excellence in a globally competitive market”.

Impact Yes plans to expand to Sri Lanka and UAE, brings globally proven and innovative methodologies to the partnership. Ramada Encore Kathmandu will leverage these insights to enhance operational excellence and redefine regional hospitality standards.

स्टाइल सुजले ल्यायो नयाँ वर्षको अवसरमा छुट र अफर

स्टाइल सुजले ल्यायो नयाँ वर्षको अवसरमा छुट र अफर

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरुका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ ।

झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि बृद्घसम्मका लागि जुत्ता उत्पादनदेखि बजारीकरण गर्दै आएको कम्पनीले ग्राहकहरुका लागि नयाँ वर्ष लक्षित अफर ल्याएको हो ।
स्टाइल सुज ब्राण्डको उत्पादक कम्पनी स्टाइल सुज इण्डष्ट्रिज प्रालिले हरेक जुत्ता खरिदमा १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस्तै कम्पनीले नयाँ वर्षका लागि दुई दर्जनभन्दा बढी नयाँ पार्टी सुज, स्पोर्टस, बुट र क्याजुअल सुज सार्वजनिक गरेको छ ।
अहिलेसम्म साढे तीन सय मोडलका जुत्ता बजारमा पठाइसकेको स्टाइल सुजले नयाँ वर्षलाई लक्षित गर्दै थप २५ मोडल बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
साथै वैशाखदेखि सुरु हुने विभिन्न स्कुलमा नयाँ भर्नासँगै छात्रछात्रालाई आवश्यक पर्ने जुत्ता उत्पादन गरेर बजारमा ल्याएको स्टाइल सुज इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक कुमार न्यौपानेले बताउनुभयो ।
पछिल्लो समय स्टाइल सुज युवापुस्ताको विशेष रोजाइमा पर्ने गरेको भन्दै उहाँले बताउनुभयो । नेपालमा उत्पादित जुत्ताहरू आधुनिक युवायुवतीभन्दा पनि अलि उमेर ढल्केकाहरूको लागि मात्र हो भन्ने आम धारणालाई चिर्न पनि कम्पनीले उनीहरूको इच्छानुसारको नयाँ–नयाँ डिजाइन उपलब्ध गराएको प्रबन्ध निर्देशक न्यौपानेले बताउनुभयो ।
कम्पनीले हरेक किसिमका ग्राहकका लागि पार्टी सुज, स्पोट्र्स सुज, क्याजुअल सुज, अफिसियल सुजका साथै स्कुल र कलेज पढ्ने विद्यार्थीलगायतका अन्य डिजाइन रहेको कम्पनीले बताएको छ ।
देशका ६५ जिल्लाका मुख्य बजारमा उपलब्ध स्टाइल सुजमा छ महिनाको वारेन्टी दिइएको छ । करिब एक दशकअघि स्वदेशी उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित स्टाईल सुज ब्राण्ड बजारमा ल्याइएको प्रबन्ध निर्देशक न्यौपानेले बताउनुभयो ।
व्यक्तिगत रुपमा भन्ने हो भने म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी हुँ

व्यक्तिगत रुपमा भन्ने हो भने म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी हुँ

चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवम उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।

आज महासंघको विद्यमान कार्यकारिणी समितिको दुई वर्ष पुरा हुँदैछ । यी दुई वर्ष विविध चुनौतिलाई अवसरमा बदल्न हामीले प्रयत्न गर्यौँ । नयाँ अवसरहरुको खोजी गर्यौ । निराशा चिर्ने प्रयास गर्यौ । धेरैमा हामी सफल पनि भयौँ । र, सुधारको प्रयास अझै जारी छ ।

म यहाँहरुलाई स्मरण गराउन चाहन्छु, कि आजभन्दा दुई वर्ष अघि महासंघको ५७ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा नेपाल श्रीलंका जस्तै आर्थिक संकटमा पर्न सक्ने बारे निक्कै चर्चा गरिएको थियो ।

त्यस कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपाल सरकारले समयमा कुनै निर्णय नगरे नेपालमा पनि श्रीलंका जस्तै विदेशी विनिमयको समस्या सिर्जना हुने सुझाव सरकारलाई दिइरहेको समयमा मैले आफ्नो समापन मन्तव्यमा नेपाल श्रीलंका जस्तो नहुने बताएको थिए ।

त्यसका केही आधार थिए । जस्तो कि नेपालले सहुलियतपूर्ण कर्जा लिन्छ । कुल गार्हस्थ्य उत्पादन र कर्जाको अनुपात ४० प्रतिशत भन्दा कम थियो ।

विदेशी विनिमय सञ्चिति छ महिना भन्दा बढि समयको वस्तु तथा सेवा आयात धान्न पर्याप्त थियो ।

तर हामी बढि नै सतर्क भयौं । चाहिने भन्दा बढी सतर्कता लियौँ । धेरै कुरा नियन्त्रण गर्न खोज्यौँ ।

जसको फलस्वरुप राजश्व पनि गुमायौँ । औपचारिक च्यानलबाट हुने गरेको व्यापार अनौपचारिक हुन गयो । अनौपचारिक आयात संस्थागत भयो । गाडी र मोटरसाइकल बाहेक सबै सामग्री अनौपचारिक रुपमा भित्रियो ।

त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अभैसम्म चलायमान हुन दिएको छैन ।

लगातारको प्रयत्न पछि पछिल्लो त्रैमासमा पाँच प्रतिशत आर्थिक बृद्धि भएको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन आएको छ ।

यो सकारात्मक छ । तर उद्यमी व्यवसायीको मनोबल अहिले पनि बढ्न नसकेको हामीले देशभरका करिब २४० संस्थाहरुसंग गरेको सर्वेक्षणमा देखाएको छ । यो प्रतिवेदन हामी छिट्टै सार्वजनिक गर्नेछौं ।

व्यक्तिगत रुपमा भन्ने हो भने म प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी हुँ । म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरुको चाहना पुरा गर्न अहिलेको सुधार पर्याप्त छैन ।

जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनांै, निराशालाई आशामा बदल्न सकिदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो ।

हामीलाई थाहा छ रोजगारी प्रदान गर्न सरकारको सीमितता छ । अहिले करिब पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको छ ।

निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको छ । तर हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिब पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि छैन । त्यस कारण युवाहरु जुन अर्थतन्त्रले रोजगारी दिनसक्छ त्यही अर्थतन्त्रमा काम खोज्न जाने गरेका हुन् ।

नेपालीलाई काम दिने यी अर्थतन्त्रहरु र नेपालको अवस्था केही समय पहिले उस्तै थियो ।

सन् १९६० ताका नेपालको प्रतिव्यक्ति आय ५० र दक्षिण कोरियाको करिब सय डलर थियो । अहिले कोरियाको प्रतिव्यक्ति आय ४० हजार डलर हाराहारी छ भने नेपालको १४ सय डलर ।

यस अवधिमा कोरियाको आम्दानी चार सय गुणा बढेको देखिन्छ । नेपालको पनि २८ गुणा बढ्यो । तर ४० हजारको क्रय क्षमता र १४ सयको क्रय क्षमता तुलना हुँदैन । हामीकहाँ प्रगति भयो तर जति हुनुपर्ने थियो हुन सकेन ।

भूमण्डलीकरणले सर्वसाधारणको आवश्यकता र चाहना मात्रै बढेन स्तरीय जीवनयापन र क्षमता अनुसारको काम पाउन सारा संसार खुला भयो । ठूला अर्थतन्त्रमा हामीले काम पाउने त भयौं तर आफ्नो अर्थतन्त्र ठूलो बनाउन सकेनौं ।

बंगलादेशको प्रतिव्यक्ति आय नेपालको भन्दा दोब्बर छ । कुल निर्यात ४० अर्ब डलर भन्दा माथि छ । बंगलादेश संगै अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुन लागेको नेपालको आम्दानी नै पुगेको छैन ।

अन्य दुई सूचकका आधारमा हामी अगाडि बढेका हौ । फेरि पछाडि नफर्किने हो भने निजी क्षेत्रलाई निर्वाध काम गर्न दिनुपर्छ ।

अब म बुँदागत रुपमा यहाँहरुलाई हामीले के गर्न सक्छौ ? त्यो कसरी सम्भव छ ? र, सरकार लगायतका सरोकारवालाहरुको कस्तो सहयोग चाहिन्छ भन्ने विषयमा कुरा गर्न चाहन्छु ।

वर्तमान सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली हो । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, बुद्धि, विवेक र सीपको लगानी गर्नुपर्यो । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।

पैसा लगानी गर्ने मुख्य दुई निकाय हुन्छन, एउटा सरकार र दोस्रो निजी क्षेत्र । सरकारले लगानीका लागि पैसा मुख्यतया राजश्वबाट नै ल्याउने हो । राजश्व उद्यमी, व्यवसायी र सर्वसाधारणबाट उठ्छ । सर्वसाधारणको आम्दानीको मुख्य स्रोत पनि निजी क्षेत्र हो किनभने अधिकांश रोजगारी निजी क्षेत्रले नै सिर्जना गरेको हुन्छ ।

अन्तराष्ट्रिय वित्त निगम र महासंघले गत वर्ष गरेको अध्ययनले पनि अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत देखाएको छ ।

त्यसैले सरकारको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकतामा हुनुपर्छ ।

सर्वसाधारणको सुखको एउटा आधार पर्याप्त रोजगारी र त्यसबाट हुने अम्दानी हो । जसले आफ्नोसंगै परिवारको आधारभूत आवश्यकता एवं शिक्षा र स्वास्थ्यको चिन्ता लिनुपर्दैन ।

सर्वप्रथम म सरकारी निकाय, नागरिक समाज, मिडिया लगायत सबै सरोकारवालाहरुलाई निजी क्षेत्रको यो महत्वलाई बुझिदिन आग्रह गर्दछु ।

जुन मुलुकले यो बुझ्यो त्यसको प्रगति तीब्र भएको छ । उदाहरणका लागि बंगलादेश, रुवान्डा, क्याम्बोडिया, भियतनाम, लाओस जो हामी जस्तै थिए, अहिले प्रगतिपथमा हामीलाई उछिन्दैछन ।

यो सम्भव छ, निजी क्षेत्र अगाडि बढेपछि भारतमा प्रति बर्ष १.४ प्रतिशतका दरले गरिबी घटिरहेको छ । बीस बर्षमा करिब ५० करोड सर्वसाधारण गरिबीको रेखाबाट माथि उठेका छन् ।

हामीजस्तै मुलुक बंगलादेशको निर्यात सन् २०१० यता १८ अर्बबाट ४० अर्ब डलर पुगेको छ । तीस बर्ष अघि सय दिनको अवधिमा आन्तरिक द्धन्द्धका कारण आठ लाख मानिस गुमाएको रुवान्डामा २० वर्षयताको आर्थिक बृद्धिदर ७.२ प्रतिशत छ ।

हामीसँगै एकैदिन विश्व व्यापार संगठनको सदस्य भएको क्याम्बोडियामा प्रत्यक्ष वैदेशिक लगानी नेपालभन्दा दश गुणा बढि भित्रिने गरेको छ । यदि यी देशले सक्छन भने हामी किन सक्दैनौं । अरु अगाडि बढन सक्छन् भने हामी कहाँ अल्मलिएका छौ ? यी विषयहरु पहिल्याउनुपर्छ ।

लगानीका लागि पहिला म विदेशी लगानीको कुरा गर्छु । अहिले कुल गार्हस्थ्य उत्पादनको शुन्य दशमलब दुई प्रतिशत मात्रै विदेशी लगानी आउँछ । त्यो भनेको वर्षको करिब आठ अर्ब रुपिया हो । यसलाई सजिलै पाँच गुणा बढाउन सकिन्छ । सन २०३० सम्ममा वार्षिक एक अर्ब डलर ल्याउने लक्ष्य राखौं । किनभने नेपालसँगै विश्व व्यापार संगठनको सदस्य भएको क्याम्बोडियाको उदाहरण मैले माथि दिइसकेको छु ।

हामीले पछिल्लो दुई वर्षमा भारत, चीन र युएईमा गरी चारवटा सम्मेलन आयोजना गर्यौैँ । हरेक कार्यक्रममा डेढ सय भन्दा बढि स्थानीय उद्यमी व्यवसायीको सहभागिता थियो । उहाँहरु नेपाल आउन चाहिरहनु भएको छ ।

विश्वव्यापी रुपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको छ । नेपालका प्रतिष्पर्धि मुलुकहरुको तुलनामा निक्कै कम भन्सार दर अमेरिकाले नेपालका लागि तोकेको छ ।

यसले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको छ । यसबाट पनि हामीले लाभ लिन सक्नुपर्छ । यसबारे हामी अध्ययन गरिरहेका छौँ ।

देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघको पहलमा एफएनसीसीआई, सीएनआई, चेम्बर, जिल्ला उद्योग वाणिज्य संघ, वस्तुगत संघ अन्तर्गतका व्यवसायीहरु, गैर आवासीय नेपालीहरु र अन्य संस्थागत तथा व्यक्तिगत सबै उद्यमी, व्यवसायी र लगानीकर्तालाई समेट्दै आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको छ । यसले मुलुकका ७७ वटै जिल्ला र मुलुक बाहिर छरिएर रहेको सानोसानो पूँजीलाई एकत्रित गर्दै ठूला आयोजनामा लगानी अवसर खोलिदिएको छ ।

अहिले अवस्था असहज छ तर सुधार असम्भव छैन् । हामी सक्छौ । हामीले ठूलो आन्तरिक द्वन्द्वको सहज समाधान ग¥यौँ । हामी ठूलो भूकम्पले तहस नहस बनाएको संरचनाबाट जुर्मुराएर उठ्यौ । सहमतिमै संविधान जारी गरी स्थायित्वको बाटो समायौ । कोभिड जस्तो महामारीबाट तंग्रियौ । हालको समस्या पनि हामी समाधान गर्छौ ।

हामी दरिला छौँ । हामी विवेकी छौँ । हामी उद्यमी छौ । मात्र हामीले अर्थतन्त्रलाई सबैभन्दा माथि राख्नुपर्छ । यसलाई कुनै पनि वादले विथोल्नु हुँदैन । व्यवसायीलाई निर्वाध काम गर्न दिनुपर्छ ।

म फेरि पनि भन्छु, हामी सक्छौं । हामीले नसके कस्ले सक्छ ? हामीले नगरे कस्ले गर्छ ?

राजनीतिक स्थायित्व र त्यसको सन्देशका कारण २०७३ देखि ७५ सम्म तीन वर्ष औसत ७.५ प्रतिशत भन्दा बढि आर्थिक वृद्धि भएको थियो । हामी चाहन्छौँ कमसेकम आर्थिक विषयमा सबै दलको साझा धारणा बनाउनुपर्छ ।

अर्थतन्त्र, विकास र सम्मृद्धिमा राजनितिक दलहरुको साझा धारणा बनाउन सकिन्छ । निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जिविकामा प्रतिकूल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनु हुँदैन ।

निजी क्षेत्र वार्षिक १६ खर्ब रुपियाँको पूँजी निर्माण गर्न सक्ने क्षमता राख्छ, सरकारले चार खर्ब मात्रै लगानी गरे पुग्छ । दोहोरो अंकको बृद्धि सम्भव छ । वर्षमा लाखौँ जनशक्तिलाई मर्यादित रोजगारी दिन सकिन्छ । यसको पहिलो शर्त हो, स्थायित्व । हामीले आर्थिक सुधारका लागि गठन भएको उच्चस्तरीय सुधार सुझाव आयोगमा पनि यो विषयमा छलफल गरेका छौं ।

मैले आज प्रस्तुत गरेका यी तथ्याङ्क र सुधारका उपायका विषयमा हामी दुई वर्षदेखि निरन्तर अध्ययन र छलफलमा थियौं । २०८० असोज २५ गते बृहत आर्थिक सम्मेलन आयोजना गरि हामीले नयाँ चरणको आर्थिक सुधार र त्यसका लागि उच्चस्तरीय आयोगको माग गरेका थियांै । अहिले आयोग गठन भएर हामी सुझावको अन्तिम तयारीमा छौं ।

सर्वसाधारणले अनुभूत गर्ने गरी सुधार गर्न अर्को पूर्व शर्त हो, सुशासन । पछिल्लो तीन दशकमा सुशासन मुलुकको ठूलो समस्या भएर देखा परेको छ । यो हामी सबैको साझा समस्या हो ।

नेपाली स्वभावतः सरल, सानो खुशीमा रमाउने, मिलनसार र सहयोगी समुदाय हो । उनीहरुका माग धेरै छैनन् । समाज विस्तारै बदलिंदैछ । सरल र सीधा जीवनयापन अब कठिन हुँदैछ । हामीले सुशासनको प्रत्याभूति गर्न सकेनौं भने अर्थतन्त्रमा मात्र समस्या हुने नभई समाज नै विकृत हुने देखिएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरु, मुख्य सचिवज्यू हाम्रा माग साना छन्, यहाँहरुको सानो प्रयत्नले ठूलो उत्साह थप्नेछ ।

काम गर्न चाहने युवालाई सहजै सेवा दिने ठाउँ बनाऔं

लगानी गर्ने उद्यमीको मनोबल बढाइ दिऔं

सुरक्षा माग्ने जनतालाई ढाँडस दिइ काम गरिदिऔं

राजश्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिऔं

रोजगारी दिने निजी क्षेत्रलाई अपमानित नगरौँ

यी ठूला माग होइनन् तर यत्तिले मात्रै पनि ठूलो परिवर्तन आउनेछ । प्रविधिको उच्चतम प्रयोग र सदाचार नीतिबाट यो सम्भव छ । अहिले आर्टिफिसिएल इन्टिलिजेन्स संसारको स्वरुप नै परिवर्तन गर्ने गरि विकास भइरहेको छ ।

हामी सामान्य सुधारको माग गरिरहेका छौं । हामी चाहिरहेका छांै कि, नागरिक एपबाट व्यवसाय दर्तादेखि सम्पूर्ण काम गर्न सकियोस । त्यसतर्पm सरकारले पहल गरोस । यसमा निजी क्षेत्र र दातृ निकायको पनि सहयोग जुटाउन सकिन्छ । 

सुशासन अभिवृद्धिका लागि दोस्रो काम सदाचारलाई बढावा दिनु हो । कानुनी आधार पनि सुशासन प्रवद्र्धन हुने गरी निर्माण गरिनुपर्छ । भूतप्रभावी कानुनहरुले अविश्वास बढाएको उदाहरण हामीसंगै छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम बजेटलाई सुधारको प्रस्थान बिन्दुका रुपमा ल्याउनु आवश्यक छ । हामी धेरै गर्न सक्छांै ।

यहाँहरुलाई विदितै छ कि निजी क्षेत्र चलायमान हुन नसक्दा अहिले सबैतिर प्रभाव परेको छ । सरकारको राजश्वमा पनि प्रतिकूल प्रभाव परेको छ । यो सबैलाई जानकारी छ ।

अब आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे हो कि भन्ने मलाई लागेको छ । स्रोतका लागि एकले अर्काको मुख ताक्ने काम कम गर्नुपर्छ । हामीले योजना ल्याऔ, आफै मिलेर हामी कसरी काम गर्न सक्छौ, त्यसमा छलफल गरौं । स्थानिय र प्रदेश सरकारसंग सहकार्यका अवसर खोजौ । अब दातृ निकायको उपस्थिति पनि पहिले जस्तो रहनेछैन ।

हामीले केन्द्र देखि स्थानीय तहसम्म हाम्रा संस्थाहरुलाई कसरी प्रभावकारी बनाउनेबारे अध्ययन बहस गरौ । हामीले पनि केही रणनीतिक योजना बनाएका छौ । नवीन सोच केन्द्र सबै तहमा आवश्यक छ ।

म आग्रह गर्छु, निजी क्षेत्रको सम्मान, समृद्धिको आधार नारालाई सबैले मनन गरौ । किनभने ८६ प्रतिशत रोजगारी दिने क्षेत्रको निरन्तर मानमर्दन हुन्छ । ८० प्रतिशत भन्दा बढि प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान पुर्उने निजी क्षेत्र निरन्तर अपहेलित छ ।

८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र निरन्तर जोखिममा छ ।

९८ प्रतिशत निर्यात गर्ने निजी क्षेत्र निरन्तर अपमानित छ ।

हामी जोखिम लिन्छौं,

सर्वस्व लगानी गर्छांै,

राजश्व र रोजगारीमा निरन्तरको योगदान र पनि सधै असुरक्षित हुनुपर्छ भने हामी कसरी मनोबल जुटाउने ।

त्यसैले हामीले सुरक्षाको विषय उठाएका हांै ।

सम्मानको बिषय उठाएका हौं ।

मर्यादाक्रमको बिषय उठाएका हौं ।

यसमा राज्यको कुनै लगानी हुँदैन ।

मात्र सदभाव चाहिएको हो ।

यस विषयमा सकारात्मक हुनु भएको हुँदा म उत्साहित छु ।

हामीले यो पनि बुझेका छांै । हामी सम्मानित हुन अरुको पनि सम्मान गर्नुपर्छ । उपभोक्ता र अन्य सरोकारवालाप्रति हामी सचेत र जिम्मेवार हुनुपर्छ ।

हामीले यी बिषय राखि रहँदा सत्प्रयास गर्नेहरुप्रति आभार पनि व्यक्त गर्नुपर्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सरकारले हाम्रो आग्रहमा करिब ३५ वटा कानुनमा सुधार गर्नुभयो । द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको छ । पारदर्शिता र जवाफदेहीताका लागि हाम्रो आग्रहमा उत्पत्तिको प्रमाण पत्रलाई पुरै अनलाइन बनाउने निर्णय वाणिज्य मन्त्रालयले गरेको छ । नेपाल प्रवद्र्धनका लागि विदेशमा हामीले आयोजना गर्ने कार्यक्रममा सहजीकरण भइरहेको छ ।

हाम्रो आग्रहमा नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरिय आयोग बनेको छ ।

यी सबैका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरु, मुख्य सचिवज्यू एवं सरकार तथा सबै राजनैतिक दल तथा नेतृत्व प्रति आभार व्यक्त गर्दछु । 

म महासंघका सदस्यज्यूहरुलाई पनि आग्रह गर्न चाहन्छु, नयाँ चरणको सुधार महासंघको सुझाव र आग्रहमा शुरु भएको हुँदा यसको अपनत्व लिएर केन्द्रदेखि स्थानीय  तहसम्म यो सुधारको पहलको हामी सबै मिलेर पैरवी गरौँ ।

यो सुधार भनेको नीति नियममा सुधार हो

यो सुधार भनेको प्रक्रियागत सुधार हो

यो सुधार भनेको व्यवहार र आचरणमा सुधार हो

यो सुधार भनेको काम गराइ र सोचाइमा सुधार हो

यो सुधार भनेको केन्द्र, प्रदेश, पालिका र वडासम्मको सुधार हो

यो सुधार शिक्षा स्वास्थ्य लगायत सामाजिक सेवाको सुधार हो

यो सुधार व्यवसायीहरुको काम र आचरणको पनि सुधार हो

यो सुधार तपाई हामी र हाम्रा सन्ततीका लागि हो

स्थानीय आवश्यकता र विश्व परिवेश नियालेर नीति निर्माण प्रक्रियागत सुधारमा महासंघका सबै संयन्त्र लाग्नु आवश्यक छ । हामी अब अबिकसित भएर अभाव र गरिबीमा बस्नु हुँदैन र बस्न सकिँदैन ।

अन्त्यमा, नेपाल उद्योग वाणिज्य महासंघको ५९ औ वार्षिक साधारण सभा एवम उद्योग वाणिज्य दिवस २०८१ को यस उद्घाटन कार्यक्रममा हाम्रो मनोबल उच्च बनाउन उपस्थित सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु श्रीमान् मुख्य सचिव ज्यू, सचिवज्यूहरु यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ तथा मेरो व्यक्तिगत तर्फबाट पुनः स्वागत गर्दछु ।

जाँजाजाँदै, तपाई हाम्रो आँगनमै आइपुगेको नयाँ वर्ष २०८२ को सुखद उपलक्ष्यमा तपाई र तपाईको परिवारमा समृद्ध, सुखमय र उन्नत भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले हाम्रा सबै चुनौतिहरुलाई अवसरमा बदल्ने र निराशालाई आशामा परिणत गर्ने हाम्रो साझा संकल्पमा सफलता मिलोस् ।

शुभ नयाँ वर्ष २०८२

वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

काठमाडौँ । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवम सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ ।

वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ्क प्रणाली लागू गर्ने, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाईन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी नारायण प्रसाद रेग्मीले बताउनुभयो ।
छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधिन एकिकृत जाँच विन्दु (ईन्टिग्रेटेड चेक प्वाईन्ट) लाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ ।
चैत्र २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ताटोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गर्नुभएको छ भने भारतको तर्फबाट राजस्व ईन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक  अभय कुमार श्रीवास्तवले गर्नुभएको छ । नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टाईन विभाग लगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ । यसै गरि भारतिय टोलिमा राजस्व ईन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रिय ईकाईका सहायक महानिर्देशक, नेपाल स्थित भारतिय दुतावासका प्रथम सचिव, कलकत्ता, पटना, लखनउ भन्सार कार्यालयका प्रमुखहरु लगायतका अधिकारीहरुको सहभागिता रहेको छ ।

 नेपाल फ्रेट फरवार्डस एशोसिएसनमा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

नेपाल फ्रेट फरवार्डस एशोसिएसनमा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नेफाको राजधानीमा सम्पन्न २४औं वार्षिक सधारणसभा पश्चात भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा इश्वर बहादुर गुरुङ, सचिवमा सुजन कुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जिव अर्याल निर्वाचित हुनु भएको छ ।
त्यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी,  गंगा बहादुर राया, सजिव शाक्य, राजेश चन्द्र प्रधानाङ्ग र प्रनुषा कार्की निर्वाचित हुनु भएको छ ।
नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको एशोसिएसनले जनाएको छ ।
एशोसिएसनलको विधानमा कार्यकारिणी समितिमा १४ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट र दुई जना सदस्य अध्यक्षद्घारा कार्यकारिणी समितिको परामर्शमा मनोनित गर्ने प्रावधान रहेको छ । त्यसैगरी संघ विधानको व्यवस्था अनुसार सल्लाहकार समितिको संयोजकमा पूर्व अध्यक्ष प्रकाश सिंह कार्कीलाई मनोनीत गरिएको छ एवं निवर्तमान अध्यक्ष मनोज अधिकारी कार्यकारिणी समितिको पदेन पदाधिकारी रहनु भएको एशोसिएसनले जनाएको छ ।
एशोसिएसनका नवनिर्वाचित अध्यक्ष राजेन्द्र संग्रौलाले आफ्नो नेतृत्वमा फ्रेट फरवार्डस व्यवसायीहरुको साझा संस्था नेपाल फ्रेट फरवार्डस एशोसिएसनलाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउनुभयो ।
आगामी दिनहरुमा सरकार तथा सम्बन्धीत निकायहरुसँग सहकार्य गरी फ्रेट फरवार्डस व्यवसायको प्रभावकारितामा अझै सुधार ल्याउँदै अगाडि बढ्ने बताउनुभयो । अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नयाँ प्रविधिको अवलम्बन गर्दै नयाँ पुस्तालाई फ्रेट फर्वाडिङ्गको पेशामा आकर्षित गर्ने, कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्न प्रशिक्षण र क्षमता विकास तथा कार्य सहजता, भन्सार प्रक्रियाहरुको सरलीकरण र सहजीकरण तथा सीमा क्षेत्रमा भएका अन्य समस्याहरु समाधान गर्न निरन्तर पहल गरिने उहाँले बताउनुभयो ।
निर्यात प्रवद्र्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक

निर्यात प्रवद्र्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्यात प्रवद्र्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक नीतिगत र संरचनागत परिवर्तन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

३० औँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डस् एसोसिएसनद्वारा सोमबार राजधानीमा  आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नयाँ सरकार बनेपछि जारी मौद्रिक नीतिले सरकार उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने कुरा प्रमाणित गरेको बताउनुभयो ।

व्यावसायिक काममा परेका समस्यालाई तत्काल समाधान गर्नका लागि सरकारलाई घचघच्याउनसमेत उहाँले आग्रह गर्नुभयो ।

गत वर्ष नेपालको कार्गो व्यवसायमा उल्लेखनीय योगदान गरेका सुन्दरप्रसाद दाहाल, आशिष गजुरेल, क्याथे कार्गो तथा नेपाल एयरलाइन्स लगायतका संस्था तथा व्यक्तिलाई उपप्रधानमन्त्री सिंहले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा सांसद गणेश पराजुलीले नेपालको अतिकम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदै जाँदा निर्यातमा हाल पाउँदै आएका सुविधा खोसिन सक्ने भएकाले सरकारको त्यसतर्फ ध्यान जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यापारमा रहेको कृत्रिम अवरोध हटाइने हो भने अहिलेभन्दा धेरै व्यापार हुनसक्ने विभिन्न अध्ययनले देखाइएकोले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले अहिले व्यापारको क्रममा तीन खर्ब रूपियाँ लजिस्टिक लागतको रूपमा ढुवानीको लागि मात्रै पर्ने गरेकोले उपभोक्ताले धेरै मूल्य तिर्नपर्ने अवस्था बनिरहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कार्गो व्यवसायलाई विभिन्न अव्यावहारिक करले दुःख दिइरहेको उल्लेख गर्दै त्यसलाई हटाई निर्यात व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

फ्रेट फरवार्डस् एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले मल्टी मोडेल ट्रान्सपोर्ट ऐन र नियमाबलीमा समयनुकूल परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

नेपालको व्यापार लजिस्टिक लागत २० प्रतिशतभन्दा धेरै रहेकोले यसलाई सरलीकृत गरेर लगात घटाउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा उहाँको जोड थियो । हरेक वर्ष २९ जुलाईमा कार्गो दिवस मनाउँदै आइरहेको छ ।

 मेड इन नेपाल नारा सहित चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४

मेड इन नेपाल नारा सहित चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४

ललितपुर । मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ ।

ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ ।
ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, चाइनालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ ।
ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ ।
पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छन् । मेलाको सहयोगी संस्थाका रुपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन् ।
एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताउनुभयो ।
सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको भन्दै अध्यक्ष शाक्यले मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रबद्र्घनमा सघाउ पुग्ने अपेक्षा शाक्यले गर्नुभयो ।
यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताउनुभयो ।
मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै जावलाखेल फुटबल ग्राउण्ड परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिनुभयो ।
मेलामा व्यापार प्रवद्र्घनका लागि अझै पनि केही स्टल बाँकी रहेको भन्दै आयोजक पक्षले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवद्र्घन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आब्हान गरेको छ ।
ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उप–समितिमा विष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उप–समितिमा विष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उप–समितिले विष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

ग्रील तथा स्टील व्यवसायी महासंघ अन्तरगत रहेको महिला उप–समितिको सोमबार राजधानीमा सम्पन्न राष्ट्रिय भेला तथा प्रथम अधिवेशनबाट विष्णुमाया उचहीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

महिला उप–समितिको उपाध्यक्षमा देवी कार्की (रुपन्देही), सचिवमा सर्मिला कार्की(रिमाल) काठमाडौं, कोषाध्यक्षमा सरिता प्रधान(मकवानपुर) चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सम्झना सिलवाल (चितवन), सृजना भट्टराई(सुनसरी), प्रभा घिमिरे (पश्चिम नवलपरासी), तारा बुढाथोकी (पोखरा), गीता खम्चा (नवलपुर) सर्व सहमत रुपले निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित महिला उपसमिति अध्यक्ष विष्णुमाया उचहीले आफ्नो नेतृत्वमा ग्रील तथा स्टील व्यवसायी महासंघमा आवद्ध महिला सदस्यहरुको साझा समितिलाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र ग्रीलजन्य व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

महिला उप–समितिको भेलाको उद्घाटन समारोहमा प्रतिनिधिसभाका उपसभामुख ईन्दिरा रानामगरले महिलाहरु आर्थिक रुपमा सबल भएमात्रै देशको अर्थतन्त्र सबल हुने बताउनुभयो । संघर्षसँग नडराउने व्यक्तिले नै संसार जित्न सक्ने भन्दै उहाँले संघर्षबाट नआत्तिन आग्रह गर्नुभयो । महिलाहरु अगाडी बढेर  जोखिमपुर्ण व्यवसायका रुपमा रहेको ग्रीलजन्य काममा लाग्ने महिला दिदीबहिनीहरुलाई निर्धक्क भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

आम महिलाको बारेमा नीतिगत रुपमा राज्यले र व्यवहारीक रुपमा समाजले समान धारण बनाउन सके अहिलेको विभेदको अवस्था अन्त्य हुने उहाँको भनाई थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले लघु घरेलु तथा साना उद्योग सञ्चालन र प्रवद्र्धनमा महिलाको उच्च भूमिका रहने भन्दै महिला उपसमितिका रुपमा संगठित हुँदै जानु खुशीको कुरा भएको बताउनुभयो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले महिला अधिकारको अन्तराष्ट्रियदेखि राष्ट्रिय स्तरसम्ममा भएका प्रगतिहरुको बारेमा चर्चा गर्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल मातहतमा रहेका र कानुनी मर्यादा तथा व्यवसायीक स्वास्थ्य र सुरक्षा अपनाएर कार्य गर्ने व्यवसायीहरुलाई कुनै किसिमको दुःख र असुविधा आइपरेमा जस्तो अवस्थामा पनि आफु सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रमको उद्घाटन समारोहमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष मोहन कटुवाल, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष केदार अधिकारी, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका सल्लाहाकार तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ, नेपाल ग्रील व्यवसायी संस्था २०५० का संस्थापक अध्यक्ष मधु बहादुर कार्की, कादम्बरी मेमोरीयल कलेजको संस्थापक प्रिन्सिपल तथा महिला शसक्तिकरण अभियानकी अभियन्ता प्रदिप्ता कादम्बरी, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका महासचिव विवेकदास श्रेष्ठललगायतले बोल्नुभएको थियो ।

 ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड

ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित गर्न ग्रीलग्राम सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरुलाई व्यवस्थित ढंगबाट र शहरी सौन्दर्यतालाई कायम गर्न  सरकारले ग्रीलग्रामको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँगको छलफलमा यस्तो बताएका हुन् ।
सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सिंहले लघु घरेलु तथा साना उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउन सकेमात्रै अर्थतन्त्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन गर्न जरुरी भएको बताउनुभयो ।
लघु घरेलु तथा साना उद्योगहरुको उत्पादकत्व र क्षमता बढाउन नेपाल घरेलु तथा साना उद्योग महासंघ र ग्रील तथा स्टील व्यवसायी महासंघसँग आगामी दिनमा सहकार्य गरिने पनि अध्यक्ष सिंहले बताउनुभयो ।
ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले सरकारी निकायहरुमा उद्योग दर्ता र नवीकरण प्रकृया झन्झटिलो भएको हुँदा सरल तरिकाबाट उद्योग दर्ता र नवीकरण गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरीदिन आग्रह गर्नुभयो ।
कोरोना एवं आर्थिक मन्दिको कारणबाट व्यवसायीहरुमा परेको आर्थिक समस्याको समाधानार्थ बैंकको उच्च ब्याजदरलाई न्यूनीकरण गर्न र विनाधितो सहुलियत दरको कर्जाको निमित्त सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन पनि उहाँले आग्रह गर्नुभयो ।
ग्रील तथा स्टील व्यवसयीहरुले आयत गर्ने ठूला एवं साना मेसीन औजारहरुमा सरल तरिकाबाट न्यूनतम भन्सार शुल्कमा आयत गर्न सम्बन्धित निकायमा आवश्यक पहल गरी दिन पनि अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।
ग्रील तथा स्टील व्यवसायी महासंघमा आवद्ध ११ हजार व्यवसायीहरुको हक हितका निमित्त स्थापित एक मात्र छाता संगठन हो । यो क्षेत्रमा कार्यरत दक्ष र अर्धदक्ष गरी एक लाख ६० हजार मजदुरहरुलाई प्रत्यक्ष एवं परोक्ष रुपमा रोजगारी प्रदान गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
पूर्वधार विकासमा आवश्यक पर्ने र गृहस्त जीवनमा नभई नहुने सम्पूर्ण ग्रील जन्य सामानहरु फेब्रिकेटिङ्ग गरेर आयातलाई प्रतिस्थापन गरी निर्यात तर्फ उन्मुख रही पूर्वाधार निर्माण तथा विकास निर्माणमा सक्रिय योगदान पु¥याइ रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष केदार अधिकारी, महासचिव विवेकदास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
नेपालभर सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो संगठन विस्तार गरी सञ्जाल बनाउन अगाडी बढीराखेको ग्रील तथा स्टील उद्योग व्यवसायीहरुको पेशागत हकहित एवं मर्यादित व्यवसायको निमित्त समर्पित नेपाल घरेलु तथा साना उद्योग महासंघको वस्तुगत सदस्य हो ।


बीमा सर्भेयर संघमा नयाँ कार्यसमिति, अध्यक्षमा मोहन पुरुष ढकाल

बीमा सर्भेयर संघमा नयाँ कार्यसमिति, अध्यक्षमा मोहन पुरुष ढकाल

ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल पुनःनिर्वाचित हुनुभएको छ । संघको यहाँ सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा पुनःनिर्विरोध निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल निर्वाचित हुनुभएको छ । यसैगरी संघका सहस्यहरुमा शिवप्रसाद भण्डारी, राजेश घिमिरे, सरोज श्रेष्ठ र नविन भट्ट रहनुभएको छ ।

एसोसिएसनको संस्थापक महासचिवहुँदै ढकालले धेरै पटक कार्यसमितिमा उपाध्यक्ष तथा एक कार्यकाल अध्यक्षको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट  माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गर्नुभयो ।

अर्थतन्त्र जटिल अवस्थामा छ, निजी क्षेत्रले निर्वाध काम गर्न सकेन भने सुधार सम्भव छैन

अर्थतन्त्र जटिल अवस्थामा छ, निजी क्षेत्रले निर्वाध काम गर्न सकेन भने सुधार सम्भव छैन

चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको २०७९ चैत्र २८ २९ गते सम्पन्न ५७ बार्षिक साधारणसभाबाट यो कार्यकारिणी समिति चयन भएको हो कार्यकारिणी समितिले १०० दिन पुरा गरिसकेको यस अवधिमा भएका मुख्य गतिविधि यहाँहरुसमक्ष साझा गर्न पाउँदा हामीलाई खुशी लागेको

अर्थतन्त्र जटिल अवस्थामा पुगेका बेला हामीले कार्यभार सम्हालेका छौ बार्षिक रुपमा तुलना गर्दा अर्थतन्त्र मन्दीमा गैसकेको मूलतः कोभिडपछिको तिव्र सुधारको व्यवस्थापन गर्न नसक्दा हामी समस्यामा फसेका हौ निजी क्षेत्र उपेक्षित हुँदा सरकार सर्वसाधारण सबैलाई मन्दीले छोएको सरकारको राजश्व करिब १३ प्रतिशत घटेको भने पछिल्लो बर्षभरि नै सात प्रतिशत हाराहारी मुल्यवृद्धि रह्यो हाम्रो पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने नै थियो पनि

यस परिप्रेक्षमा हामीले पहिलो कार्यकारिणी समितिको वैठकबाट आफ्नो प्राथमिकता सार्वजनिक गरेका थियौ

१. वर्तमान आर्थिक संकट समाधानका लागि पहल गर्ने,

२. स्वदेशी एवं विदेशी लगानीको वातावरण बनाउने,

३. राज्य निजी क्षेत्र बीचको सार्वजनिक निजी साझेदारी सुदृढ गर्ने,

४. दक्ष जनशक्ति उत्पादन रोजगारी सिर्जना गर्ने,

५. व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान सुनिश्चित गर्ने

अर्थतन्त्र जटिल अवस्थामा निजी क्षेत्रले निर्वाध काम गर्न सकेन भने यसमा सुधार सम्भव छैन् नीति निर्माताहरुले यो बुझेका पनि छन् तर व्यवहारमा निजी क्षेत्रलाई अत्याउने काम भैरहेको

यस अवधिमा मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि पैरवी, अध्ययन अनुसन्धानको प्रकासनका साथै विभिन्न अन्तराष्ट्रिय फोरममा महासंघको दरिलो सहभागिता रहँदै आएको

हामीले कार्यभार सम्हाल्ने वित्तिकै राष्टिय सभाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संसोधित विधेयक पारित गर्यो जसमा निजी क्षेत्र पनि अख्तियारको दायरामा आउने बिषय उल्लेख थियो हामीले तत्काल यसको विरोध गर्यौ

यसबारे हामीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, सम्माननीय सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्री एवं नेपाली कांगेसका सभापति श्री शेर वहादुर देउवा, पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली ज्यूको ध्यानाकर्षण गरायौ

नेपाल कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा आप्mनो धारणा राख्नुका साथै तत्कालीन कानुनमन्त्रीज्यूलाई भेटर पनि यो बिषय राख्यौ हाम्रो विरोधका कारण अहिले प्रतिनिधि सभाले थप छलफलका लागि उक्त विधेयकलाई समितिमा पठाएको यो अझै पूर्ण रुपमा नरोकिएकाले हाम्रो पैरवी भने निरन्तर जारि राख्नुपर्छ

नेपाल उद्योग वाणिज्य महासंघ इन्टरनेशनल फाइनान्स कर्पोरेशनले पहिलोपटक नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान विषयक एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको प्रतिवेदनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१।५ प्रतिशत देखाएको यसले रोजगारी राजश्व लगायतमा निजी क्षेत्रको योगदान पनि देखाएको जुन अहिले धेरै तिर प्रयोग भैरहेको यो निजी क्षेत्रको सम्मान बढाउन निजी क्षेत्रमैत्री नीति तर्जुमा गर्न महत्वपूर्ण दस्तावेज बन्नेछ

निजी क्षेत्रको सम्मान सहित मर्यादाक्रमको बिषय सार्थक हुने अपेक्षा गरेका छौ निजी क्षेत्रको मर्यादाक्रम तोकिने बिषयमा आशावादी छु सरकारसंग यसबारे सकारात्मक छलफल भैरहेको

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ साझेदार संस्था भारतीय उद्योग परिसंघको संयुक्त आयोजनामा भारतमा पहिलोपटक नेपाल भारत बिजनेस समिटको आयोजना गरियो नेपालबाट धेरै निजी क्षेत्रका संघसंसस्थाहरु गएका थिए ती संस्थाहरुको समेत नेतृत्व गर्दै महासंघले भारतको राजधानीमा कार्यक्रम आयोजना गर्नु आपैmमा निक्कै उपलब्धिमूलक हो

भारतकै कोलकतामा आयोजित बिम्सटेक बिजनेस कन्क्लेभमा मैले विम्सटेक बिजनेस फोरमको अवधारणा अगाडि सारिएको यस बिषयमा यस क्षेत्रका अन्य चेम्बरहरु पनि सहमत देखिन्छन् चेम्बरहरुको फोरम बनाउने बिषयमा इन्डियन चेम्बर अफ कमर्शले यस अवधारणालाई अगाडि बढाउने नभेम्बरमा बैंककमा आयोजना हुने विम्सटेक सम्मेलन अघि गठन गरिसक्ने बिषयमा छलफल अगाडि बढेको यसबारे थप बुझ्न परराष्ट मन्त्रालयले हामीलाई पत्राचार गरिसकेको

मुलुकमा धेरै क्षेत्र विभाजित भैरहेको बेला नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ नेपाल चेम्बर अफ कमर्शले संयुक्त रुपमा मौद्रिक नीतिको सुझाव पेश गर्यौ मैले रोजगारदाता परिषदको सभापति हुँदादेखि नै निजी क्षेत्रका मुद्याहरु संयुक्त रुपमा उठाउने गरेको थिए संयोगवश परिषदमा संगै रहनुभएका राजेश अग्रवाल अहिले परिसंघको अध्यक्ष हुनु भएको भने चेम्बर अध्यक्ष राजेन्द्र मल्लसंग पनि पुरानो सहकार्य हो यसले हामी एकै ठाउँ आउन सहज भयो हामीले मौद्रिक नीतिमा संयुक्त रुपमा सुझाव पेश गर्यौ मुलुकको कठिन समयले पनि हाम्रो सहकार्य माग गरिरहेको

बजेटमा पनि निजी क्षेत्रका सुझाव उही उस्तै थिए हाम्रो मुल माग अहिलेको मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई सुधार्ने नै थियो बजेटमा हामीले माग गरेको जग्गा सम्बन्धि व्यवस्था, वातावरणीय मुल्यांकन सम्बन्धि सहजता, खानीजन्य वस्तुको उत्खनन तथा निर्यात जस्ता दीर्घकालीन महत्वका बिषय समेटिए तर तत्कालको समस्या समाधान हुन सकेन

कसैको व्यक्तिगत मात्रै हैन प्रणाली नै बचाउने बिषयमा हामीले चर्चा गरेका हौ विगतमा आयात निरुत्साहित गर्ने चालु पूँजी कर्जा मार्गदर्शनले समस्यामा पारेको हो यसले वाह्य क्षेत्र सन्तुलित बनाएपनि मुलुकभित्र अर्थतन्त्र मन्दीमा गयो

मौद्रिक नीतिमा हाम्रो अपेक्षा थियो तर नीतिले पनि यसलाई सम्बोधन गर्न सकेन कुल गार्हस्थ्य उत्पादनको तुलनामा अत्यधिक कर्जा प्रवाह भएको यसले आर्थिक वृद्धि नभएको बिषयलाई उठाइयो मौद्रिक नीति सार्वजनिक हुनुभन्दा दुइ दिन अघि अन्तराष्टिय मुद्रा कोषको मिसन महासंघमा आएको थियो उनीहरुको पनि यही चासो थियो

देशभित्र पनि कर्जा प्रवाह आर्थिक वृद्धिको बिषयलाई लिएर चर्चा भैरहेको बढि कर्जा गएपनि वृद्धि हुन नसकेको एकथरि भनाइ यसपटकको मौद्रिक नीतिको कर्जा प्रवाहको लक्ष्य सरकारको आर्थिक वृद्धिको लक्ष्यमा मेल खाएन भन्दा फेरि उच्च पदस्थ अधिकारीहरु नै कर्जा प्रवाह यत्ति नै भएपनि लक्षित वृद्धि हासिल हुनसक्छ भनिरहनु भएको

त्यसैले कर्जा विस्तार भएर पनि आर्थिक वृद्धि किन भएन अध्ययन गर्नुपर्ने बिषय रह्यो त्यसैले अहिले नै वढि ऋण प्रवाह भएकै कार कारणले समस्या भएको हो यसलाई हठात रोक्नुपर्छ भनेर पनि कसरी भन्न सकियो ?

अर्को बिषय के यसमा ऋण लिने मान्छेमात्रै दोषी हो रु बैंक वित्तिय संस्थाले पनि ऋण दिएकै हुन केन्द्रिय बैंकले किन त्यति बेलै सजग बनाएन अनुगमन किन गरेन सरकारले किन पूँजीगत खर्च गर्न सक्दैन समस्या सबैका कारणबाट सिर्जना भएको हो अनि यसको मार निजीक्षेत्रलाई मात्र पार्न मिल्छ

यसै समस्यामा रहेका व्यवसायीलाई ऋण दुरुपयोग गरेको भनेर थप मान मर्दन गर्न मिल्छ रु अहिले आएर एकैपटक ब्रेक लगाउन मिल्छ रु यसले दुर्घटना हुन्छ केन्द्रिय बैंक, सरकार अन्तराष्ट्रिय मुद्रा कोषको समेत ध्यानाकर्षण गराउन चाहन्छु

हामीले सरकारी निकाय यसमा चासो राख्ने अन्तराष्ट्रिय निकायहरुसंग पनि यो बिषयमा छलफल गरिरहेका छौ यही सातामात्रै अन्तराष्ट्रिय वित्त निगमको आर्थिक सुधार निजी क्षेत्र हेर्ने उपाध्यक्ष सुसन लन महासंघ आउनु भएको थियो यी लगायत पुर्वाधार बिकास, वित्तिय पहुँच विस्तार साना तथा मझौला उद्यमको विस्तारका लागि हामीले सहकार्य गर्नेछौ

अन्तराष्ट्रिय मुद्रा कोषको विभिन्न समयमा आउने मिसनसंगै यहाँको कार्यालयसंग पनि हामी निरन्तर छलफल गरिरहेका छौ

हामी भनिरहेका छौ, सुधार गरौ तर विस्तारै अहिले निजी क्षेत्रलाई केहि समय आफ्नो ऋणको व्यवस्थापन गर्न समय दिऔ नया उद्यमीलाई प्रोत्साहित गरौ बर्षौ लागेर सिर्जना भएको वृकृतिलाई विवेकपूर्ण रुपमा समाधान गरौ यो सम्पूर्ण निजी क्षेत्रको आवाज हो तर सरकारी नीतिहरुमा यसरी सम्पूर्ण नीजि क्षेत्रको सुझाव सुनिदैन भने यो मुलुककै लागि दुर्भाग्यपूर्ण

अब महासंघ तर्फ नै फर्किन चाहन्छु हामीले विधान संसोधन प्रक्रियालाई पनि अगाडि बढाएका छौ यसअघि तयार भएको मस्यौदामा नै थप छलफल गरि अगाडि बढाउने योजना हाम्रो यसका लािग सुझाव संकलन गर्न पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको उहाँहरुले आफ्नो क्षेत्रबाट सुझाव लिएर आएपछि पदाधिकारी समितिको वैठकमा छलफल हुनेछ पदाधिकारीहरुले नै अपनत्व लिएर छलफल गरि अगाडि बढाउँदा कार्यान्वयनमा लग्न सहज हुने हुँदा यसपटक अध्यक्षको नेतृत्वमा नै पदाधिकारीले संसोधनको जिम्मा लिंदैछन्

महासंघमा परिषद, समिति फोरम गठन भैसकेका छन् यी महासंघका मुख्य अंग हुन् समिति फोरमहरुलाई कार्यशर्त टिओआर पनि दिइएको यसअघि समिति फोरममा जतिपनि सदस्य रहने गरेकोमा समितिको गरिमा बढाउन प्रभावकारी नतिजाका लागि समिति फोरममा सभापति, उपसभापति, सदस्य, आमन्त्रित सदस्य सल्लाहकार गरि बढिमा १८ जनामात्रै रहने व्यवस्था गरिएको यो महासंघलाई प्रभावकारी रुपमा संचालन गर्न चालिएको कदम हो यसले समिति फोरमको महत्व बढनुका साथै प्रभावकारी काम हुनेछ

६।६ महिनामा समिति फोरमका सभापति एवं सदस्यहरुको कार्य सम्पादन मुल्यांकन हुने व्यवस्था पनि गरिएको सोही अनुसार आवश्यकता परेमा परिवर्तन पनि गरिनेछ सबै परिषद, समिति फोरममा सचिवालयबाट संयोजन गर्ने प्रमुख तोकिइसकेको परिषद, समिति फोरमको मासिक कार्ययोजना अनुसार काम हुनुपर्नेछ

पदाधिकारीहरु सभापतिज्यूहरु निरन्तर काममा जुटनु भएको यसबीचमा राजधानी बाहिर जब फेयर आयोजना गरिएको थियो विभिन्न अध्ययन अनुसन्धानको काम शुरु भएको उहाँहरुले सरकारका उच्च पदस्थ अधिकारीहरुसंग छलफल शुरु गर्नुभएको आशावादी छु सकारात्मक नतिजा आउने नै

अहिले नै हामी धेरै योजना सार्वजनिक गर्नुभन्दा पनि काम गर्दै जाँदा नतिजा निस्किने गरि गर्नेछौ हामी संचारकर्मी साथीहरुसंग छलफल गर्ने नै छौ परिषद, समिति फोरमहरु पनि सम्पर्कमै हुनुहुन्छ

महासंघ सचिवालयको सुदृढिकरणमा हाम्रो विशेष ध्यान रहेको महासंघको लेखा प्रशासन सफ्टवेयर  मार्फत पारदर्शी बनाइएको हामीले सबै प्रदेशको लेखा प्रणालीलाई केन्द्रिय लेखा प्रणालीसंग जोडिसकेका छौ महासंघको शाखाका रुपमा रहेका प्रदेशको लेखा प्रणाली पनि चुस्त पारदर्शी बनाउन नितान्त आवश्यक थियो उत्पत्तिको प्रमाणपत्र जारि गर्ने जिल्लाहरुमा पनि यस्तै सफ्टवेयर जडान गर्ने योजना यसले स्वच्छ पारदर्शी प्रणालीलाई प्रश्रय दिनेछ प्रशासन सम्बन्धि बिषयमा पनि सफ्टवेयर  मार्फत नै हुन थालेको

(नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले १०० दिन पुरा गरेको अवसरमा १०० दिनमा गरेका कामको विवरण सार्वजनिक गर्ने कार्यक्रममा महासंघका अध्यक्ष ढकालले दिएको मन्तव्य)