चन्द्रप्रसाद ढकाल
नेपाल
उद्योग वाणिज्य महासंघको २०७९ चैत्र २८ र २९
गते सम्पन्न ५७ औ बार्षिक
साधारणसभाबाट यो कार्यकारिणी समिति
चयन भएको हो । कार्यकारिणी
समितिले १०० दिन पुरा गरिसकेको छ र यस
अवधिमा भएका मुख्य गतिविधि यहाँहरुसमक्ष साझा गर्न पाउँदा हामीलाई खुशी लागेको छ ।
अर्थतन्त्र
जटिल अवस्थामा पुगेका बेला हामीले कार्यभार सम्हालेका छौ । बार्षिक
रुपमा तुलना गर्दा अर्थतन्त्र मन्दीमा गैसकेको छ । मूलतः
कोभिडपछिको तिव्र सुधारको व्यवस्थापन गर्न नसक्दा हामी समस्यामा फसेका हौ । निजी
क्षेत्र उपेक्षित हुँदा सरकार र सर्वसाधारण सबैलाई
मन्दीले छोएको छ । सरकारको
राजश्व करिब १३ प्रतिशत घटेको
छ भने पछिल्लो बर्षभरि नै सात प्रतिशत
हाराहारी मुल्यवृद्धि रह्यो । हाम्रो पहिलो
प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने नै थियो र
छ पनि ।
यस
परिप्रेक्षमा हामीले पहिलो कार्यकारिणी समितिको वैठकबाट आफ्नो प्राथमिकता सार्वजनिक गरेका थियौ ।
१.
वर्तमान आर्थिक संकट समाधानका लागि पहल गर्ने,
२.
स्वदेशी एवं विदेशी लगानीको वातावरण बनाउने,
३.
राज्य र निजी क्षेत्र
बीचको सार्वजनिक निजी साझेदारी सुदृढ गर्ने,
४.
दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना
गर्ने,
५.
व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान सुनिश्चित गर्ने ।
अर्थतन्त्र
जटिल अवस्थामा छ । निजी
क्षेत्रले निर्वाध काम गर्न सकेन भने यसमा सुधार सम्भव छैन् । नीति निर्माताहरुले
यो बुझेका पनि छन् । तर व्यवहारमा
निजी क्षेत्रलाई अत्याउने काम भैरहेको छ ।
यस
अवधिमा मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि पैरवी, अध्ययन अनुसन्धानको प्रकासनका साथै विभिन्न अन्तराष्ट्रिय फोरममा महासंघको दरिलो सहभागिता रहँदै आएको छ ।
हामीले
कार्यभार सम्हाल्ने वित्तिकै राष्टिय सभाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संसोधित विधेयक पारित गर्यो । जसमा निजी
क्षेत्र पनि अख्तियारको दायरामा आउने बिषय उल्लेख थियो । हामीले तत्काल
यसको विरोध गर्यौ ।
यसबारे
हामीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल, सम्माननीय सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्री एवं नेपाली कांगेसका सभापति श्री शेर वहादुर देउवा, पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली ज्यूको ध्यानाकर्षण गरायौ ।
नेपाल
कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा आप्mनो धारणा राख्नुका
साथै तत्कालीन कानुनमन्त्रीज्यूलाई भेटर पनि यो बिषय राख्यौ
। हाम्रो विरोधका कारण अहिले प्रतिनिधि सभाले थप छलफलका लागि
उक्त विधेयकलाई समितिमा पठाएको छ । यो
अझै पूर्ण रुपमा नरोकिएकाले हाम्रो पैरवी भने निरन्तर जारि राख्नुपर्छ ।
नेपाल
उद्योग वाणिज्य महासंघ र इन्टरनेशनल फाइनान्स
कर्पोरेशनले पहिलोपटक नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान विषयक एक अध्ययन प्रतिवेदन
सार्वजनिक गरेको छ । प्रतिवेदनले
अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१।५ प्रतिशत देखाएको छ । यसले
रोजगारी राजश्व लगायतमा निजी क्षेत्रको योगदान पनि देखाएको छ । जुन
अहिले धेरै तिर प्रयोग भैरहेको छ । यो
निजी क्षेत्रको सम्मान बढाउन र निजी क्षेत्रमैत्री
नीति तर्जुमा गर्न महत्वपूर्ण दस्तावेज बन्नेछ ।
निजी
क्षेत्रको सम्मान सहित मर्यादाक्रमको बिषय सार्थक हुने अपेक्षा गरेका छौ । निजी
क्षेत्रको मर्यादाक्रम तोकिने बिषयमा म आशावादी छु
र सरकारसंग यसबारे सकारात्मक छलफल भैरहेको छ ।
प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र साझेदार संस्था
भारतीय उद्योग परिसंघको संयुक्त आयोजनामा भारतमा पहिलोपटक नेपाल भारत बिजनेस समिटको आयोजना गरियो । नेपालबाट धेरै
निजी क्षेत्रका संघसंसस्थाहरु गएका थिए । ती संस्थाहरुको
समेत नेतृत्व गर्दै महासंघले भारतको राजधानीमा कार्यक्रम आयोजना गर्नु आपैmमा निक्कै उपलब्धिमूलक
हो ।
भारतकै
कोलकतामा आयोजित बिम्सटेक बिजनेस कन्क्लेभमा मैले विम्सटेक बिजनेस फोरमको अवधारणा अगाडि सारिएको छ । यस
बिषयमा यस क्षेत्रका अन्य
चेम्बरहरु पनि सहमत देखिन्छन् । चेम्बरहरुको फोरम
बनाउने बिषयमा इन्डियन चेम्बर अफ कमर्शले यस
अवधारणालाई अगाडि बढाउने र नभेम्बरमा बैंककमा
आयोजना हुने विम्सटेक सम्मेलन अघि गठन गरिसक्ने बिषयमा छलफल अगाडि बढेको छ । यसबारे
थप बुझ्न परराष्ट मन्त्रालयले हामीलाई पत्राचार गरिसकेको छ ।
मुलुकमा
धेरै क्षेत्र विभाजित भैरहेको बेला नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर
अफ कमर्शले संयुक्त रुपमा मौद्रिक नीतिको सुझाव पेश गर्यौ । मैले रोजगारदाता
परिषदको सभापति हुँदादेखि नै निजी क्षेत्रका
मुद्याहरु संयुक्त रुपमा उठाउने गरेको थिए । संयोगवश परिषदमा
संगै रहनुभएका राजेश अग्रवाल अहिले परिसंघको अध्यक्ष हुनु भएको छ भने चेम्बर
अध्यक्ष राजेन्द्र मल्लसंग पनि पुरानो सहकार्य हो । यसले
हामी एकै ठाउँ आउन सहज भयो । हामीले मौद्रिक
नीतिमा संयुक्त रुपमा सुझाव पेश गर्यौ । मुलुकको कठिन
समयले पनि हाम्रो सहकार्य माग गरिरहेको छ ।
बजेटमा
पनि निजी क्षेत्रका सुझाव उही र उस्तै थिए
। हाम्रो मुल माग अहिलेको मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई सुधार्ने नै थियो ।
बजेटमा हामीले माग गरेको जग्गा सम्बन्धि व्यवस्था, वातावरणीय मुल्यांकन सम्बन्धि सहजता, खानीजन्य वस्तुको उत्खनन तथा निर्यात जस्ता दीर्घकालीन महत्वका बिषय समेटिए । तर तत्कालको
समस्या समाधान हुन सकेन ।
कसैको
व्यक्तिगत मात्रै हैन प्रणाली नै बचाउने बिषयमा
हामीले चर्चा गरेका हौ । विगतमा
आयात निरुत्साहित गर्ने र चालु पूँजी
कर्जा मार्गदर्शनले समस्यामा पारेको हो । यसले
वाह्य क्षेत्र सन्तुलित बनाएपनि मुलुकभित्र अर्थतन्त्र मन्दीमा गयो ।
मौद्रिक
नीतिमा हाम्रो अपेक्षा थियो । तर नीतिले
पनि यसलाई सम्बोधन गर्न सकेन । कुल गार्हस्थ्य
उत्पादनको तुलनामा अत्यधिक कर्जा प्रवाह भएको र यसले आर्थिक
वृद्धि नभएको बिषयलाई उठाइयो । मौद्रिक नीति
सार्वजनिक हुनुभन्दा दुइ दिन अघि अन्तराष्टिय मुद्रा कोषको मिसन महासंघमा आएको थियो । उनीहरुको पनि
यही चासो थियो ।
देशभित्र
पनि कर्जा प्रवाह र आर्थिक वृद्धिको
बिषयलाई लिएर चर्चा भैरहेको छ । बढि
कर्जा गएपनि वृद्धि हुन नसकेको एकथरि भनाइ छ । यसपटकको
मौद्रिक नीतिको कर्जा प्रवाहको लक्ष्य र सरकारको आर्थिक
वृद्धिको लक्ष्यमा मेल खाएन भन्दा फेरि उच्च पदस्थ अधिकारीहरु नै कर्जा प्रवाह
यत्ति नै भएपनि लक्षित
वृद्धि हासिल हुनसक्छ भनिरहनु भएको छ ।
त्यसैले
कर्जा विस्तार भएर पनि आर्थिक वृद्धि किन भएन अध्ययन गर्नुपर्ने बिषय रह्यो । त्यसैले अहिले
नै वढि ऋण प्रवाह भएकै
कार कारणले समस्या भएको हो र यसलाई
हठात रोक्नुपर्छ भनेर पनि कसरी भन्न सकियो ?
अर्को
बिषय के यसमा ऋण
लिने मान्छेमात्रै दोषी हो त रु
बैंक वित्तिय संस्थाले पनि त ऋण दिएकै
हुन । केन्द्रिय बैंकले
किन त्यति बेलै सजग बनाएन । अनुगमन किन
गरेन । सरकारले किन
पूँजीगत खर्च गर्न सक्दैन । समस्या सबैका
कारणबाट सिर्जना भएको हो । अनि
यसको मार निजीक्षेत्रलाई मात्र पार्न मिल्छ ।
यसै
त समस्यामा रहेका व्यवसायीलाई ऋण दुरुपयोग गरेको
भनेर थप मान मर्दन
गर्न मिल्छ रु अहिले आएर
एकैपटक ब्रेक लगाउन मिल्छ रु यसले दुर्घटना
हुन्छ । म केन्द्रिय
बैंक, सरकार र अन्तराष्ट्रिय मुद्रा
कोषको समेत ध्यानाकर्षण गराउन चाहन्छु ।
हामीले
सरकारी निकाय र यसमा चासो
राख्ने अन्तराष्ट्रिय निकायहरुसंग पनि यो बिषयमा छलफल
गरिरहेका छौ । यही
सातामात्रै अन्तराष्ट्रिय वित्त निगमको आर्थिक सुधार र निजी क्षेत्र
हेर्ने उपाध्यक्ष सुसन लन महासंघ आउनु
भएको थियो । यी लगायत
पुर्वाधार बिकास, वित्तिय पहुँच विस्तार र साना तथा
मझौला उद्यमको विस्तारका लागि हामीले सहकार्य गर्नेछौ ।
अन्तराष्ट्रिय
मुद्रा कोषको विभिन्न समयमा आउने मिसनसंगै यहाँको कार्यालयसंग पनि हामी निरन्तर छलफल गरिरहेका छौ ।
हामी
भनिरहेका छौ, सुधार गरौ तर विस्तारै ।
अहिले निजी क्षेत्रलाई केहि समय आफ्नो ऋणको व्यवस्थापन गर्न समय दिऔ । नया उद्यमीलाई
प्रोत्साहित गरौ । बर्षौ लागेर
सिर्जना भएको वृकृतिलाई विवेकपूर्ण रुपमा समाधान गरौ । यो सम्पूर्ण
निजी क्षेत्रको आवाज हो । तर
सरकारी नीतिहरुमा यसरी सम्पूर्ण नीजि क्षेत्रको सुझाव सुनिदैन भने यो मुलुककै लागि
दुर्भाग्यपूर्ण छ ।
अब
म महासंघ तर्फ नै फर्किन चाहन्छु
। हामीले विधान संसोधन प्रक्रियालाई पनि अगाडि बढाएका छौ । यसअघि
तयार भएको मस्यौदामा नै थप छलफल
गरि अगाडि बढाउने योजना हाम्रो छ । यसका
लािग सुझाव संकलन गर्न पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको छ । उहाँहरुले
आफ्नो क्षेत्रबाट सुझाव लिएर आएपछि पदाधिकारी समितिको वैठकमा छलफल हुनेछ । पदाधिकारीहरुले नै
अपनत्व लिएर छलफल गरि अगाडि बढाउँदा कार्यान्वयनमा लग्न सहज हुने हुँदा यसपटक अध्यक्षको नेतृत्वमा नै पदाधिकारीले संसोधनको
जिम्मा लिंदैछन् ।
महासंघमा
परिषद, समिति र फोरम गठन
भैसकेका छन् । यी महासंघका
मुख्य अंग हुन् । समिति फोरमहरुलाई
कार्यशर्त टिओआर पनि दिइएको छ । यसअघि
समिति फोरममा जतिपनि सदस्य रहने गरेकोमा समितिको गरिमा बढाउन र प्रभावकारी नतिजाका
लागि समिति फोरममा सभापति, उपसभापति, सदस्य, आमन्त्रित सदस्य र सल्लाहकार गरि
बढिमा १८ जनामात्रै रहने
व्यवस्था गरिएको छ । यो
महासंघलाई प्रभावकारी रुपमा संचालन गर्न चालिएको कदम हो । यसले
समिति र फोरमको महत्व
बढनुका साथै प्रभावकारी काम हुनेछ ।
६।६
महिनामा समिति फोरमका सभापति एवं सदस्यहरुको कार्य सम्पादन मुल्यांकन हुने व्यवस्था पनि गरिएको छ र सोही
अनुसार आवश्यकता परेमा परिवर्तन पनि गरिनेछ । सबै परिषद,
समिति र फोरममा सचिवालयबाट
संयोजन गर्ने प्रमुख तोकिइसकेको छ । परिषद,
समिति र फोरमको मासिक
कार्ययोजना अनुसार काम हुनुपर्नेछ ।
पदाधिकारीहरु
र सभापतिज्यूहरु निरन्तर काममा जुटनु भएको छ । यसबीचमा
राजधानी र बाहिर जब
फेयर आयोजना गरिएको थियो । विभिन्न अध्ययन
अनुसन्धानको काम शुरु भएको छ । उहाँहरुले
सरकारका उच्च पदस्थ अधिकारीहरुसंग छलफल शुरु गर्नुभएको छ । म
आशावादी छु सकारात्मक नतिजा
आउने नै छ ।
अहिले
नै हामी धेरै योजना सार्वजनिक गर्नुभन्दा पनि काम गर्दै जाँदा नतिजा निस्किने गरि गर्नेछौ । हामी संचारकर्मी
साथीहरुसंग छलफल गर्ने नै छौ ।
परिषद, समिति र फोरमहरु पनि
सम्पर्कमै हुनुहुन्छ ।
महासंघ
सचिवालयको सुदृढिकरणमा हाम्रो विशेष ध्यान रहेको छ । महासंघको
लेखा र प्रशासन सफ्टवेयर मार्फत
पारदर्शी बनाइएको छ । हामीले
सबै प्रदेशको लेखा प्रणालीलाई केन्द्रिय लेखा प्रणालीसंग जोडिसकेका छौ । महासंघको
शाखाका रुपमा रहेका प्रदेशको लेखा प्रणाली पनि चुस्त र पारदर्शी बनाउन
नितान्त आवश्यक थियो । उत्पत्तिको प्रमाणपत्र
जारि गर्ने जिल्लाहरुमा पनि यस्तै सफ्टवेयर जडान गर्ने योजना छ । यसले
स्वच्छ र पारदर्शी प्रणालीलाई
प्रश्रय दिनेछ । प्रशासन सम्बन्धि
बिषयमा पनि सफ्टवेयर मार्फत
नै हुन थालेको छ ।
(नेपाल
उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिले १०० दिन पुरा गरेको अवसरमा १०० दिनमा गरेका कामको विवरण सार्वजनिक गर्ने कार्यक्रममा महासंघका अध्यक्ष ढकालले दिएको मन्तव्य)