आर्थिक पत्रकार बेल्बासेलाई ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०८२’ पुरस्कार

काठमाडौँ । गोरखापत्र दैनिकमा कार्यरत आर्थिक पत्रकार भेषराज बेल्बासे सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पुरस्कृत हुनुभएको छ ।

गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सवमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार प्रदान गर्नुभयो ।

दुई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय बेल्बासे २०६४ सालमा गोरखपात्र प्रवेशपछि आर्थिक विधामा सशक्त पत्रकारिता गर्दै आउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाले स्थापना गरेको उक्त पुरस्कार नेपाली पत्रकारितामा पु¥याएको योगदानको उच्च कदर स्वरूप प्रदान गरिएको महासंघले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार विजयकुमार चालिसेलाई ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिएको छ । युवामञ्च मासिकका सम्पादक उमेश ओझालाई ‘गोरखापत्र पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिएको छ ।

त्यसैगरी, दि राइजिङ नेपालका विनु श्रेष्ठ र गोरखापत्र अनलाइन डटकमका सपना थामीलाई ‘गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कार–२०८२’ र गोरखापत्र दैनिक प्रुफरिडिङ शाखाका तीर्थराज अधिकारीलाई ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गएको छ ।


SHARE THIS