प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्धारा सपथ ग्रहण

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सपथ लिनु भएको हो ।

उहाँलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिनु भएको थियो ।

ओझालाई सोमबारको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारीस गरिएको थियो । सिफारीस समितिले सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जनाको नाम सिफारीस गरेको थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारीस समितिले शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारीस गरेको हो । कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्तापछि तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइएको थियो ।


SHARE THIS