काठमाडौँ, कात्तिक ८ गते
घोराही बैंकर्स क्लबको अध्यक्षमा ग्लोबल आइएमई बैंक घोराही लखनपार्क शाखाका प्रबन्धक उमङ्ग अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
घोराहीमा कार्यरत बैंक तथा वित्तीय संस्थाहरूको प्रतिनिधिहरूको शुक्रबार घोराहीमा सम्पन्न साधारणसभाले अधिकारीलाई क्लबको अध्यक्ष पदमा सर्वसम्मत गरेको हो ।
घोरोहीमा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि रहने सदस्यहरूको साधारण सभाबाट अधिकारी अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिकारी बैंकिङ क्षेत्रमा स्थापित प्रबन्धकको रूपमा पनि परिचित हुनुहुन्छ ।
यसैगरी साधारणसभाबाट घोराही स्थित कुमारी बैंकका शाखा प्रबन्धक कमल रेग्मी उपाध्यक्ष, साईन रेसुङ्गा डेभलपमेन्ट बैंकका शाखा प्रबन्धक गणेश बुढाथोकी सचिव र लुम्बिनी बैंकक शाखा प्रबन्धक युवराज भण्डारीलाई कोषाध्यक्ष पदमा चयन हुनुभएको छ । सात सदस्यीय क्लबका निवर्तमान अध्यक्ष केशव तिवारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा क्लबको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको थियोे । साथै कार्यक्रममा मायाको चिनो प्रदान गरिएको थियोे ।
घोराहीमा २९ वटा निजी बैंक तथा वित्तीय संस्थाहरू क्रियाशील छन् । पेसागत हकहितका लागि गठित यस क्लब स्थानीय सरकार, गैरसरकारी संस्था लगायतका निकायसँग मिलेर विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।