सेयर बजारको सुधार टिक्न सकेन

काठमाडौँ । सेयर बजारको सुधार टिक्न सकेन । अघिल्लो दिन उच्च अंकले सुधारिएर २६ सयको विन्दुमाथि पुगेको बजार बुधबार फेरी ओरालो लागेको छ ।

साताको चौंथो दिन सेयर बजार मापक नेप्से परिसूचक २६.०७ अङ्कले ओरालो लागेको छ भने  कारोबार रकम पनि छ अर्बमा झरेको छ ।

बुधबार नेप्से २६.०७ अङ्कले ओरालो लागेर २५९७.४३ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.१० अङ्कले ओरालो लागेर ४६६.७१ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको चौंथो दिनको नेप्से ०.९९ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.८७ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार ३१० कम्पनीको एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ८३ हजार ८१ पटक खरिदबिव्रmी हुँदा छ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८४ करोड रुपियाँले कमी हो ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स बाहेक बाँकी उपसमूहको परिसूचक ओरालो लागेको छ ।


SHARE THIS