काठमाडौँ । निरन्तर उकालो लाग्ने क्रममा तीन हजारको विन्दु नजिक पुगेको सेयर बजार फेरी २७ सयको विन्दुमा झरेको छ । गिरावटको बाटोमा लागेको सेयर मङ्गलबार भारी गिरावट आएको हो ।
मङ्गलबार नेप्से १११.९६ अङ्कले ओरालो लागेर २७८२.६० को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २२.८७ अङ्कले ओरालो लागेर ४९६.४७ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको तेस्रो दिनको नेप्से ३.८६ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ४.४० प्रतिशतले ओरालो लागेको छ । आइतबार नेप्से ७९.८८ अङ्कले ओरालो लागेर २८९४.५७ को विन्दुमा पुगेर रोकिएको थियो ।
मङ्गलबार ३३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर दुई लाख ३४ हजार ३६० पटक खरिद बिव्रmी हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब १० करोड रुपियाँले कमी हो ।
मङ्गलबार ६५ करोड ४२ लाख नौ हजार ५८२ रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । अपी पावर कम्पनीको ५१ करोड ७५ लाख ५४ हजार ७६८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
मङ्गलबारको सेयर बजारमा कारोबारमा आएको होटल तथा पर्यटन बाहेक बाँकी १२ उपसमूहको परिसूचक ओरालो लागेको छ ।