सेयर बजारमा सामान्य करेक्शन, कारोबार २२ अर्ब नजिक

काठमाडौँ । उकालो लयमा लागेको सेयर बजारमा साताको अन्तिम दिन सामान्य करेक्शन आएको छ । सेयर बजार मापक नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने २२ अर्ब नजिक पुगेको छ । बिहीबार कारोबार शुरु भएपछि नेप्सेले २८ सयको विन्दुमाथि लागेर फेरी घटेर २७ सयकै लाइनमा आएर अडिएको छ ।

बिहीबार सेयर बजारमापक नेप्से परिसूचक ५.२९ अङ्कले ओरालो लागेर २७५५.६२ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.२९ अङ्कले ओरालो लागेर ४९२.७५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.१९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.६६ प्रतिशतले ओरालो लागेको छ ।

बिहीबार ३३२ कम्पनीको पाँच करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर दुई लाख २९ हजार ८१३ पटक खरिद बिव्रmी हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २० करोड रुपियाँले कमी हो ।

बिहीबार पनि हिमालयन रिइन्स्योरेन्स लिमिटेडको अग्रता कायम रहेको छ । अन्तिम दिन ५९ करोड ७५ लाख ९९ हजार २३८ रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । शिवम् सिमेन्ट्सको ४३ करोड ८१ लाख ४३ हजार ७३७ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

अन्तिम दिन पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, शुभम पावर, सिटि होटल, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावरलगायतका कम्पनीहरुको मूल्य करिब १० प्रतिशत बढेको छ । पिपुल्स हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.१३ प्रतिशतले ओरालो लागेको छ ।

साताको अन्तिम दिन फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक बाँकी सात उपसमूहको परिसूचक ओरालो लागेको छ ।


SHARE THIS