काठमाडौँ । लगातार तीन दिन सुधारिएको सेयर बजारमा फेरी झिनो अंकको गिरावट आएको छ । साताको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३.६१ अङ्कले ओरालो लागेर २०७७.२४ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले उकालो लागेर ३९८.१३ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा दोस्रो दिनको नेप्से ०.१७ प्रतिशतले ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.०१ प्रतिशतले उकालो लागेको छ ।
अघिल्लो साता बुधबारदेखि सुधारिएको सेयर बजार यो साताको पहिलो दिन पनि सुधारिएको थियो । आइतबार नेप्से १४.८१ अङ्कले उकालो लागेर २०८०.८६ को बिन्दुमा पुगेर रोकिएको थियो ।
सोमबार दिनभर ५४ लाख १७ हजार ९२८ कित्ता सेयर ६८ हजार ८४२ पटक खरिदबिक्री हुँदा दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९२ करोडले कमी हो ।
सोमबार ११ करोड २४ लाख ४१ हजार ९७९ रुपियाँ बराबरको सेयर कारोबार भएर आइएमई लाईफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ भने सोल्टी होटल लिमिटेडको १० करोड ८७ लाख ३२ हजार १४६ रुपियाँ, घोराही सिमेन्टको आठ करोड ९८ लाख चार हजार ९५ रुपियाँ, माछापुछ्र्रे बैंकको छ करोड ५५ लाख २५ हजार २०७ रुपियाँ र सानिमा बैंकको पाँच करोड ९४ लाख ८१ हजार ६४४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड बाहेक बाँकी आठ वटा उपसमूहको सूचक ओरालो लागेको छ ।