नयाँ वर्षमा होटल भ्यू भृकुटीको विशेष प्याकेज, लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर

ललितपुर । नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीले विशेष प्याकेज ल्याएको छ ।

“न्यू इयर, न्यू हाइट, न्यू मेमोरिज विथ होटल भ्यू भृकुटी” भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ । होटलले ल्याएको अफर अन्तरगत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेशन स्न्याक्स, लक्जरियस अकोमोडेशन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ ।

नयाँ वर्षका लागि विशेष सांगितिक कार्यक्रमका साथै आउने पाहुनाहरूका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ ।

सन् २००० मा स्थापना भएको भ्यू भृकुटी होटलमा एक सय कोठा र पाँच वटा सेमिनार हलहरु रहेका छन् । त्यस्तै यसमा गोदावरी हल, दुई वटा रेस्टुरेण्ट, रुफटप टेरेस र गोदावरी वार रहेका छन् ।

यस नयाँ वर्ष २०८० को लाइभ ब्याण्ड प्राकृतिक वातावरणमा नयाँ वर्षमा रमाउनको लागि १३ हजार हजार रुपियाँमा पर कपल, स्नयाक्स, डिनर, बस्नको  लागि रूम र भोलिपल्टको ब्रेकफस्ट व्यवस्था गरिको होटलका प्रबन्ध निर्देशक समिर लामाले बताउनुभयो ।

होटल भ्यू भृकुटी सातदोवाटो चक्रपथबाट सात किलोमिटरको दुरीमा रहेको छ । यो होटलमा ७० वटा कोठाहरु, साउना, स्ट्रिम, स्वमिङ पुल तथा मनोरञ्जनको व्यवस्था मिलाइएको छ । यसका साथै होटलमा रोयल वोटानीकल गार्डेन नजिकै अवस्थित रहेकोले थप आकर्षक बनाएको कार्यकारी निर्देशक सागर भुसालले बताउनुभयो ।

होटलले नेपाली संस्कार र परम्परा अनुसार सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । होटल भ्यू भृकुटी शहरी क्षेत्रबाट अल्लि पर रहे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छोटो समयमा नै पुग्न सकिन्छ । विमानस्थलबाट होटलसम्म पुग्दा पर्यटकहरुले बाटोमा पुराना वस्तीहरु हरिसिद्धि, थौवा र वोडे गाउँहरुलाई, टौखेल अवलोकन गर्न पाउनेछन । प्राकृतिक सौन्दर्य माझ रहेको यस होटलले प्रकृतिप्रेमीहरुलाई आकर्षित गर्नुका साथै नेपालको ग्रामीण वस्तीहरुको जीवनशैलीबारे अनुभव प्रदान गर्ने वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामा बताउनुहुन्छ ।

होटलले आफ्ना पाहुनाहरुलाई वोटानिकल गार्डेन लगेर विभिन्न जातका चराचुरुङ्गी र पुतलीहरुलाई नियाल्ने अवसर प्रदान गर्दछ । यसका साथै होटलबाट तीन किलोमिटरको दुरिमा रहेको शान्ति जंगलमा सफारी गर्ने अवसर पनि प्रदान गर्दछ । त्यस्तै फुलचोकी डाँडा पनि होटलबाट नजिकै भएकाले  होटलमा आएका पाहुनालाई त्यहाँ पैदल यात्रा (हाइकिङ), वाईकिङ, प्याराग्लाइडिङको पनि सुविधा प्रदान गर्दछ ।

होटलमा रहेका एक सय कोठाहरुमध्ये ८० वटा टुइन्स सेयरिङ, १६ वटा डिलक्स र चार वटा स्वइट कोठाहरु रहेका छन् । कोठाहरुमा टेलिभिजन, एसी, तातो चिसो पानी, मिनिवार, टेलिफोन, वाईफाई जस्ता सेवाहरु उपलब्ध रहेका छन् । प्रत्येक कोठाहरुबाट प्रकृतिको मनोरम दृष्यमा रम्न सकिन्छ । हस्तकलाका सामानहरुले सबै कोठाहरुलाई आकर्षित तरिकाले सजाइएको छ ।

होटलमा मिटिङ तथा सेमिनारका लागि पाँच वटा हलहरु रहेका छन् । सवै हलहरु सेवा तथा सुविधाका दृष्टिले उत्कृष्ठ रहेका छन् । गोदावरी हलमा २०० देखि ३५० जना सम्म मान्छेहरु अटाउने क्षमता छ भने भृकुटी हलमा १०० देखि २५०, मन्जुश्री हलमा ३० देखि ४५ र अरनीको हलमा २५ देखि ३५ जनासम्म अटाउँछन् ।

त्यसैगरी होटलमा साउना, ज्याकुजी, जीम, सुइमिङ पुलको सेवा पनि रहेको छ । होटलमा आउने पाहुनाहरुले निःशुल्क पौडीको आनन्द लिन पाउँछन् भने साउना, ज्याकुजी र जीमका लागि थप शुल्क तिर्नुपर्दछ ।

होटलमा चौविसै घण्टा सबै प्रकारका खानाहरु उपलब्ध हुन्छ । आइरन टेरेस्ट रेस्टुरेन्ट होटलको रुफ टपमा अवस्थित छ, जहाँबाट पाटन र काठ्माडौं उपत्यकाको हरियो डाँडा हिमालहरुको अवलोकन गर्दै मिठो खानाको परिकारमा रम्न सकिन्छ । यो रेस्टुरेन्ट बिहान ७ वजेदेखि वेलुका १० बजेसम्म खुल्दछ ।

रेड ड्रप र छुपा रेस्टुरेन्टमा ब्रेकफास्ट, लञ्च र डिनरको राम्रो व्यवस्था रहेको छ । बिहान ६ वजेदेखि बेलुका ९ बजेसम्म यी रेस्टुरेण्ट खुल्ला हुन्छ । छुपा रेस्टुरेन्टमा १५० जना अट्ने क्षमता रहेको छ भने रेड ड्रपमा १०० जना अट्ने क्षमता छ । त्यसैगरी ब्ल्याक र ह्वाईट वारहरुमा बहुराष्ट्रिय ब्राण्डका पेय पदार्थहरु ककटेल र मकटेलका साथमा स्न्याक्सका साथ खाने व्यवस्था रहेको होटलले जनाएको छ ।


SHARE THIS