ओरालै लागेर बन्द भयो यो साताको सेयर बजार, नेप्से १९ सयको विन्दुमा

काठमाडौँ । ओरालै लागेर यो साताको सेयर बजार बन्द भएको छ । अन्तिम दिन बिहीबार सेयर बजारमापक नेप्से परिसूचक १८ दशमलव १५ अंकले ओरालो लागेर एक हजार ९१५ दशमलव १४ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स पनि दुई दशमलव ९० अंकले ओरालो लागेर ३६१ दशमलव शून्य एक को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से शून्य दशमलव ९४ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इण्डेक्स पनि शून्य दशमलव ८० प्रतिशतले ओरालो लागेको छ ।

चार दिन कारोबार भएको यो साता दोस्रो दिन बाहेक बाँकी दिनमा ओरालै लागेको थियो । दोस्रो दिन २२ अंकले उकालो लागेको थियो भने बाँकी तीन दिनमा ४० अंकले बजार ओरालो लागेको थियो ।

बुधबार नेप्से १५ दशमलव ७६ अंकले ओरालो लागेर एक हजार ९३३ दशमलव २९ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इण्डेक्स पनि दुई दशमलव ३० अंकले ओरालो लागेर ३६३ दशमलव ९१ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा चौंथो दिनको नेप्से शून्य दशमलव ८१ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इण्डेक्स पनि शून्य दशमलव ६३ प्रतिशतले ओरालो लागेको थियो ।

बिहीबार दिनभर २५९ कम्पनीहरुको ४३ लाख ४० हजार २७० कित्ता सेयर २९ हजार ६८५ पटक खरिदबिक्री हुँदा एक अर्ब ४१ करोड ३१ लाख ७१ हजार ८०२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा आठ करोड रुपियाँले बढी हो ।

बुधबार दिनभर २६६ कम्पनीहरुको ३७ लाख ७७ हजार चार सय कित्ता सेयर ३० हजार ४८५ पटक खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिहीबार २१ करोड ७४ लाख ६४ हजार ८६८ रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर एनआइसी एसिया बैंक शीर्ष स्थानमा पुगेको छ । सिद्घार्थ बैंकको आठ करोड ३५ लाख ७१ हजार ९३३ रुपियाँ, हिमालय डिष्टीलरीको चार करोड ४५ लाख ६३ हजार ४७७ रुपियाँ, नबिल बैंकको तीन करोड ८४ लाख ६९ हजार २३८ रुपियाँ र शिवम सिमेन्टको तीन करोड ७१ लाख ३९ हजार ६३२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

अन्तिम दिन कारोबारमा आएका १३ उपसमूह नै ओरालो लागेका छन् । व्यापार उपसमूह सर्वाधिक तीन दशमलव शून्य पाँच प्रतिशतले ओरालो लागेको अन्तिम दिन लघुवित्त एक दशमलव ६७ प्रतिशत, जलविद्युत समूह एक दशमलव ४१ प्रतिशत, होटल तथा पर्यटन समूह एक दशमलव ३७ प्रतिशत र वित्त समूह एक दशमलव २९ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS