१९ सयको विन्दु पछ्याउँदै सेयर बजार, कारोबार पनि घट्यो

काठमाडौँ । सेयर बजारले साताको तेस्रो दिन पनि गिरावटलाई नै निरन्तरता दिएको छ । मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक तीन दशमलव ६१ अंकले ओरालो लागेर दुई हजार १९ दशमलव ९३ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स पनि एक दशमलव शून्य चार अंकले ओरालो लागेर ३८१ दशमलव ९४ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको नेप्से शून्य दशमलव १८ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इण्डेक्स पनि शून्य दशमलव २८ प्रतिशतले ओरालो लागेको छ ।

यो साताको पहिलो दिन सामान्य सुधारिएको सेयर बजार साताको दोस्रो दिन फेरी ओरालो लागेको छ । साताको दोस्रो दिनको सेयर बजारमापक नेप्से परिसूचक तीन दशमलव ६५ अंकले ओरालो लागेर दुई हजार २३ दशमलव ५४ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इण्डेक्स पनि शून्य दशमलव ८४ अंकले ओरालो लागेर ३८३ दशमलव शून्य एकको विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा दोस्रो दिनको नेप्से शून्य दशमलव १८ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इण्डेक्स पनि शून्य दशमलव २२ प्रतिशतले ओरालो लागेको थियो ।

मङ्गलबार दिनभर २६२ कम्पनीहरुको ३९ लाख ४६ हजार २४ कित्ता सेयर २८ हजार ६८४ पटक खरिदबिक्री हुँदा एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५१ करोड रुपियाँले कमी हो ।

सोमबार दिनभर २५९ कम्पनीहरुको ५१ लाख २० हजार ८८८ कित्ता सेयर ३७ हजार ३३८ पटक खरिदबिक्री हुँदा एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

मङगलबार सात करोड ५५ लाख ११ हजार ५८४ रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा पुगेको छ । शिवम् सिमेण्ट्सको छ करोड ५० लाख ६९ हजार ९८९ रुपियाँ, सानिमा माई हाइड्रोपावरको छ करोड ४६ लाख १३ हजार ९७७ रुपियाँ, नेपाल इन्फ्रस्ट्रक्चर बैंकको तीन करोड ७६ लाख २४ हजार ५७६ रुपियाँ र हिमालय डिष्टीलरीको तीन करोड ४४ लाख ६० हजार ८१९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

मङ्गलबार कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर, लगानी, म्युचुअल फण्ड र व्यापार उपसमूहको सूचक उकालो लागेको छ भने बाँकी नौ वटा उपसमूहको सूचक ओरालो लागेको छ । लगानी उपसमूहको सूचक सर्वाधिक एक दशमलव दुई प्रतिशतले उकालो लागेको तेस्रो दिन होटल तथा पर्यटन उपसमूहको सूचक शून्य दशमलव ९७ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS