संस्थानले अरु जीवन बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्दै यसले आफ्नो पहिचानलाई थप मजबुत गराउँदै लगेको छ

कविप्रसाद पाठक

आर्थिक सम्बृद्धिका लागि बीमा अनिवार्य आधार स्तम्भ हो । नेपालमा बीमाको दायरा वर्षेनी बढ्दै वैदेशिक रोजगार बीमा सहित हाल करिब ४१ प्रतिशत जनसंख्यामा बीमाको पहुंच पुगेको छ भने कुल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान करिब ३.६७ प्रतिशत रहेको छ । देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्ने तथा विदेशी मुद«ाको व्ययभार रोक्ने उद्देश्यले वि.सं. २०२४ साल पौष १ गते स्थापना भई फाल्गुण ११ गतेबाट निर्जीवन बीमा व्यावसाय शुरु गरेको यस संस्थानले २०२९ साल फाल्गुण ७ गतेबाट जीवन बीमाको व्यावसाय समेत शुरु ग¥यो । जीवन बीमा र निर्जीवन बीमा दुवै व्यवसाय गर्दै आएकोमा एउटा संस्थाले एउटा मात्र व्यवसाय गर्न पाउने कानुनी व्यवस्था भए पश्चात २०७१ सालमा निर्जीवन बीमाको कारोबार राष्ट्रिय बीमा कम्पनीलाई हस्तान्तरण गरी हाल यस संस्थानले जीवन बीमा व्यावसाय मात्र गर्दै आएको छ ।

आफ्नो स्थापनाको ५६ औ बर्षमा प्रवेश गरिरहँदा मुलुकमा स्थापित जीवन बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्दै यसले आफ्नो पहिचानलाई थप मजबुत गराउँदै लगेको छ । चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा संस्थानले छ अर्ब १५ करोड बीमाशुल्क संकलन गरेको छ भने एक अर्ब ५८ करोड दाबी भुक्तानी गरेको छ । यस अवधिमा संस्थानको जीवन बीमा कोष ४५ अर्ब ९१ करोड  पुगेको छ । संस्थानको हाल कुल सक्रिय बीमालेख संख्या ५ लाख ६० हजार रहेको छ ।

लगानी व्यवस्थापन जीवन बीमा प्रदायकहरुको अर्को महत्वपूर्ण काम हो । बीमाशुल्कको रुपमा उपलव्ध वित्तीय स्रोतलाई नेपाल सरकार तथा नियामक निकायद्धारा निर्दिष्ट गरिएका क्षेत्रहरुमा विद्यमान लगानी निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिभेञ्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी संस्थानले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको छ । जीवन बीमालेखको धितोमा दिइएको कर्जाबाट समेत उल्लेख्य प्रतिफल प्राप्त हुँदै आएको छ । सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरुमा आफ्नो श्रोतको उपयोग गर्ने सिलसिलामा माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख रुपियाँ सेयर पूँजी लगानी रहेको छ भने ऋण लगानी दुई अर्ब ८० करोड गरेकोमा ब्याज पूँजीकरण सहित हाल चार अर्ब ८८ करोड रहेको छ । हाल यो लगानीको ब्याज तथा सावाँको किस्ता प्राप्त भइरहेको छ । जलविद्यूत लगानी तथा विकास कम्पनी लिमिटेडमा एक अर्ब सेयर लगानी गरिएको छ । विद्यूत उत्पादन कम्पनी लिमिटेडमा छ करोड ६० लाखको संस्थापक सेयर लगानी गरिएको छ ।  नागरिक लगानी कोषमा कुल सेयर पूँजी मध्ये संस्थानको ३१.५ प्रतिशत स्वामित्व  रहेको छ । यसको अतिरिक्त सनराइज बैंक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक तथा नेपाल पुनर्बीमा कम्पनी जस्ता देशका महत्वपूर्ण वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण सेयर रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३० अर्ब २० करोड रुपियाँ तथा डिभेञ्चरमा पाँच अर्ब १० करोड रुपियाँ लगानी रहेको छ । यस अवधिमा लगानीबाट संस्थानले एक अर्ब ८६ करोड आम्दानी गरेको  छ ।

संस्थानको स्थायी कर्मचारी दरवन्दी १६५ रहेता पनि हाल १०१ जना कर्मचारी मात्र कार्यरत रहेको स्थिति छ । त्यसमा पनि माथिल्लो तहका अधिकांश पदहरु रिक्त रहेकाले कार्यालयको काममा कठिनाई उत्पन्न भएको छ । कर्मचारी नियमावली सर्वोच्च अदालतबाट खारेज भएकाले विगत दुई वर्षदेखि कर्मचारीको वृत्ति विकास रोकिनुको साथै नयाँ कर्मचारी समेत लिन सकिएको छैन । कर्मचारी नियमाबली स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाइसकिएको हुँदा यथाशीघ्र स्वीकृत भइ आउने अपेक्षा गरेको छु । संस्थानले हाल २३ वटा शाखा कार्यालयहरु मार्फत बीमालेख जारी गर्ने व्यवस्था मिलाएको छ । संस्थानका देश भर छरिएर रहेका क्रियाशील अभिकर्ताहरुको सक्रिय योगदानले संस्थानलाई आजको स्थितिमा ल्याइ पु¥याउन उल्लेखनीय भूमिका खेलेको छ । व्यवसाय विस्तारको अभिन्न अंगको रुपमा रहेको अभिकर्ताको संख्या बृद्धि गर्दै तालिमको माध्यमबाट क्षमता अभिबृद्धि गर्र्नेे गरिएको छ । साथै अभिकर्तालाई उत्प्रेरित गर्न अभिकर्ता इन्सेन्टिभ कार्याविधि परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको छ ।

संस्थानको सेवालाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय बनाउन एकीकृत सफ्टवेयर मार्फत कारोबार गर्ने व्यवस्था मिलाउनुको साथै मोबाइल एप्स तथा एसएमएस सेवाको शुरुवात गरिएको छ । अनलाइन सेवा मार्फत बीमाशुल्क संकलन गर्ने तथा दाबी भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । ग्राहकको माग अनुसार नयाँ बीमा योजनाहरु तयार गर्ने र पुरानो बीमा योजना परिमार्जन गर्ने कार्य भइरहेको छ । बीमाको दायरालाई फराकिलो पारी आम नागरिकसम्म बीमाको पहुँच पु¥याउने उद्देश्यले बीमा जागरण कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । नेपाल सरकारका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, ठूला सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु तथा स्थानीय तहका कर्मचारीहरुको सामुहिक जीवन बीमा र अभिकर्ताको माध्यमबाट आएका व्यक्तिगत जीवन बीमा यस संस्थानबाट गर्ने गरिएको छ ।

संस्थानले जारी गरेका बीमालेखहरुको आफ्नो धारण क्षमता भन्दा बढी रकमको पुनर्बीमा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीबाट गर्दै आएकोमा देशभित्रै स्थापित नेपाल पुनर्बीमा कम्पनीसंग पुनर्बीमा गर्ने व्यवस्था गरी पुनर्बीमा शुल्कको नाममा रकम विदेशिने कार्यलाई निरुत्साहित गरिएको छ । पुनर्बीमाको केही हिस्सा नेपालमा स्थापित हिमालयन रिइन्स्योरेन्स कम्पनीसँग समेत रहेको छ । संस्थानको भवन रहेको यो जग्गा हाल सम्म संस्थानको नाममा दर्ता हुन सकिरहेको छैन । जग्गाको नामसारीको निर्णय मन्त्रिपरिषद्बाट भइसकेकाले आवश्यक प्रक्रिया पूरा गरी संस्थानको नाममा दर्ता कायम गर्ने कार्य अगाडी बढाइएको छ ।

संस्थानको लेखापरीक्षण र साधारण सभा निकै लामो समय देखि हुन सकिरहेको छैन । यो नै संस्थानको मुख्य समस्या हो । जीवन बीमामा बीमांकीय मूल्याङकन नभई लेखा परीक्षण कार्य सम्पन्न नहुने र लेखापरीक्षण सम्पन्न नभई साधारणसभा गर्न समेत कठिनाई हुने भएकाले बीमांकीय मूल्याङ्कन र लेखापरीक्षण कार्यलाई उच्च प्राथमिकतामा राखी तदारुकताका साथ कार्य भइरहेको जानकारी गराउन चाहन्छु । लेखापरीक्षण पश्चात बाँकी अवधिको साधारणसभा सम्पन्न गरिने व्यहोरा समेत अनुरोध गर्दछु । संस्थानले आन्तरिक लेखापरीक्षण र आइएस अडिटलाई नियमितता दिनुको साथै वित्तीय विवरणहरु त्रैमासिक रुपमा प्रकाशन गर्ने गरिएको छ । लेखा प्रणालीलाई पारदर्शी र व्यवस्थित गराउन एनएफआरएस लागू गर्न लेखा परीक्षकको नियुक्ति गरी कार्य अगाडि बढाइ सकिएको छ  ।

संस्थानको भावी कार्य योजना निम्नानुसार रहेको व्यहोरा अनुरोध गर्दछु ।

ड्ड चालु आर्थिक वर्षको अन्तसम्ममा नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कन सम्पन्न भइसकेको अवधिको साधारणसभा सम्पन्न गर्ने साथै बाँकी अवधिका लेखापरीक्षण र बीमाङ्कीय मुल्याङ्कनको कार्य सम्पन्न गर्ने ।

ड्ड संस्थानको दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने ।

ड्ड नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पूँजी बृद्घि गर्ने ।

ड्ड तोकिएको समयावधि भित्र संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने । 

ड्ड कर्मचारी नियमाबली स्वीकृत गराई कर्मचारीलाई वृत्ति विकासको अवसर सृजना गर्ने तथा नयाँ कर्मचारी नियुक्ति प्रक्रिया अगाडि बढाउने । 

ड्ड कर्मचारीको क्षमता अभिवृद्धि गर्न तालिम गोष्ठीको आयोजना गर्ने । 

ड्ड जग्गाको दर्ता कायम गर्न पहल गर्ने  । 

ड्ड जीवन बीमा व्यवसायमा नयाँ क्षेत्रहरुको पहिचान गरी सञ्चालनमा रहेका बीमा योजनाहरुको पुनरावलोकन गर्ने र नयाँ योजनाहरु सञ्चालनमा ल्याउने ।

ड्ड नविनतम् प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिई बीमाशुल्क संकलन र दाबी भुक्तानी अनलाइन माध्यमबाट गर्ने व्यवस्थालाई निरन्तरता दिने ।

ड्ड एकीकृत सफ्टवेयर मार्फत भइहेको कारोबारलाई थप व्यवस्थित गर्ने ।

ड्ड अभिकर्ताको तालिमलाई उच्च प्राथमिकता दिई नयाँ अभिकर्ता तयार गर्ने र उनीहरुको दक्षता बृद्धिका उपायहरु अवलम्वन गर्ने । कार्यरत अभिकर्ताहरुको लागि पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने ।

ड्ड अनुकुल व्यावसायिक वातावरण निर्माण गर्न संगठन संरचना, पुर्वाधार तथा ले आउटमा आवश्यक परिमार्जन गर्ने । 

ड्ड कार्यविधि तथा निर्देशिकाहरुमा समयसापेक्ष सुधार गर्ने तथा आवश्यकता अनुसार नयाँ कार्यविधिहरु तर्जुमा गर्ने ।

ड्ड छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहको माध्यमबाट प्रतिस्पर्धात्मक जीवन बीमा  बजारमा ग्राहकमखी सेवा प्रदान गर्ने र व्यवसाय विस्तारमा जोड दिने ।

ड्ड सवल लगानी व्यवस्थापनको माध्यमबाट संस्थानको जीवन बीमा कोषलाई न्यून जोखिम तथा उच्च प्रतिफल प्राप्त हुने नयाँ लगानीको क्षेत्र पहिचान गरी लगानीलाई विविधिकरण गर्ने ।

ड्ड पुरानो हिसाब भिडान गरी फछ््र्यौट गर्ने ।

ड्ड संस्थानको ड्यू डिलिजेन्स अडिट (डीडीए) गर्ने ।

ड्ड खरिद नियमाबली स्वीकृत गराई कार्यान्वयन गर्ने ।

ड्ड सरोकारवाला संघ संस्थासँग अन्तरक्रिया गोष्ठीको आयोजना गर्ने ।

संस्थानलाई हालको अवस्था सम्म ल्याई पु-याउने लगनशील कर्मचारी तथा अभिकर्ता मित्रहरुलाई धन्यवाद ज्ञापन गदै संस्थानको प्रगतिको लागि निरन्तर मार्ग दर्शन गर्नु हुने नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, संस्थापक शेयर धनीहरु लगायत सबै सबद्ध पक्षलाई हार्दिक आभार प्रकट गर्दछु । संस्थानको ५६ औ बार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजेताहरु र गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गरी पुरस्कृत हुने शाखा कार्यालयहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । संस्थानको व्यवसाय बिस्तारमा महत्वपूर्ण योगदान पु-याई सम्मानित हुनुहुने अभिकर्ता मित्रहरुमा बधाईका साथ निरन्तर सहयोग र सक्रियताको अपेक्षा गर्दछु ।

राष्ट्रिय बीमा संस्थानको ५६ औं वार्षिकोत्सव समारोहमा संस्थानका प्रशासक कवि प्रसाद पाठकबाट प्रस्तुत स्वागत मन्तव्य


SHARE THIS