यातायात आज संसारकै
आधारभूत आवश्यकता हो ।
सामाजिक तथा आर्थिक
विकासमा टेवा पु¥याउन यसको
प्रयोग विधि र
प्रयोजन महङ्खवपूर्ण छ । हाम्रो दैनिकीसँग जोडिएका
विविध गतिविधि तथा
स्थल (विद्यालय÷कलेज,
कार्यालय, अस्पताल, कलेज, बजार)
सम्म आउजाउका साथै
आफन्तसँगको भेटघाट जस्ता सामाजिक
क्रियाकलापलाई यातायातले नै सम्भव
र सहज बनाइरहेको
छ । यसका
अतिरिक्त मालसामान ओसारपसार, राष्ट्रिय
तथा अन्तर्राष्ट्रिय व्यापार
संवद्र्धन र विकास
आदि जस्ता आर्थिक
क्रियाकलाप यातायात सुविधासँग नै
जोडिएका हुन्छन् । विकास
भन्नासाथ हामीमध्ये अधिकांशको मस्तिष्कमा
सम्म मिलेको फराकिलो
सडक र त्यस
वरपर आधुनिक अग्ला
घरको प्रारुप आउँछ
। हुन पनि
जस्तोसुकै विकासका लागि सडक
न्यूनतम आधार हो
। विमानस्थल, जलविद्युत्
आयोजना जस्ता ठूला पूर्वाधार
विकास पनि सडक
पहुँचबिना कल्पना गर्न सकिँदैन
। कम्तीमा ती
पूर्वाधार विकासका लागि आवश्यक
सामान ढुवानी र
कामदार ओसारपसारका लागि सडक
चाहिन्छ नै ।
बेलायतको आर्थिक क्रान्तिलाई रेलमार्ग
विकासले सहयोग गरेको थियो
। तर नेपाल
जस्तो भूपरिवेष्ठित देशका
लागि यातायातमा सडकको
नै आवश्यकता अधिक
छ । नेपालमा
सडक सञ्जाल अहिले
करिब ९० हजार
किलोमिटर र सवार
ीसाधनको सङ्ख्या झन्डै ३०
लाखको हाराहारीमा पुगेको
छ ।
काठमाडौं
उपत्यकाभित्र नै १२
लाख सवारी गुडिरहेका
छन् । त्यसमध्ये
८० प्रतिशत त
मोटरसाइकल मात्र छन् ।
त्यसपछि निजी कार
८ प्रतिशत छ । सार्वजनिक यातायात पुछारमा
छ, जम्मा ५
प्रतिशत मात्र । काठमाडौंको
जनसङ्ख्या अहिले करिब ५०
लाख पुगेको अनुमान
छ । यी
जनसङ्ख्याको आवतजावतमा उपत्यकाभित्र दैनिक
३५ लाख ट्रिप
यात्रा हुने गरेको
केही अध्ययनले देखाएका
छन् । विश्व
बैङ्कले सन् २०१३
मा गरेको अध्ययनले
काठमाडौंमा पाँच हजार
तीन सय पाँच
ओटा सार्वजनिक यातायातका
साधन रहेको देखाएको
थियो, जुन उपत्यकाको
जनसङ्ख्याका लागि बिल्कुलै
अपर्याप्त हो ।
काठमाडौंको सार्वजनिक यातायातको अवस्था
अत्यन्त दयनीय भएको उक्त
अध्ययनको निष्कर्ष छ । यसबाहेक पनि व्यवहारमै
हामीमध्ये धेरैले सार्वजनिक यातायात
प्रयोग गर्दा यसको स्तर
र सास्तीको कैयौं
अनुभूति बटुलेका छौं ।
हामीले गुन्द्रुक जस्तो कोचिएर
पनि यात्रा गरेकाले
निर्धक्क भएर सार्वजनिक
सवारीसाधन चढ्ने दिनको अनौठो
पर्खाइ छ ।
अहिले काठमाडौंको बिकराल
ट्राफिक समस्या एउटा मुख्य
छलफलको विषय बनेको
छ । सवारीसाधनको
भीडका कारण उपत्यकाका
सडकमा ट्राफिक जाम
स्वाभाविक जस्तै भएको छ
। त्यसमाथि मोटरसाइकल
अत्यधिक छन् ।
सुविधाजनक सार्वजनिक सवारीाधनहरु अपर्याप्त
छन्, जसले गर्दा
सार्वजनिक यातायातमा भीड र
कोचिएर यात्रुले ठगिएर यात्रा
गर्नुपर्ने बाध्यता छ । यहाँका सडक प्रयोगमा
ट्राफिक नियम उल्लङ्घन
नौलो दृश्य होइन
। सबै प्रयोगकर्ताका
लागि सडक सुरक्षित
छैन । यसका
बाबजुद सडक सञ्जाल
अपर्याप्त छ ।
पार्किङस्थलको समस्या झन् भयावह
छ ।
महानगर
र देशको राजधानी भएर पनि
रात्रिसेवा नभएको सहर हो—
काठमाडौं । उल्लिखित
यी तथ्य हुन्,
जसले काठमाडौंको सडक
यात्राको वास्तविकता प्रस्ट्याउँछ ।
सार्वजनिक यातायातको यस्तो कुरुप
चित्र बदल्न के
गर्ने भन्ने अहिलेको
मूल प्रश्न हो
। सार्वजनिक यातायातमा
उपलब्ध राम्रा विकल्पहरुमध्ये सही
मूल्याङ्कन गरी काठमाडौंका
लागि उपयुक्त प्रणाली
छनोट तथा विकासमा
आजै नलागे राजधानीको
यातायात अवस्था काबुबाहिर जानेछ
। जुन सहरी
व्यवस्थापनका दृष्टिले पनि असाध्यै
चुनौतीपूर्ण हुनेछ । काठमाडौंका
केही सडकखण्ड चौडा
पारिएका छन् ।
यद्यपि हाम्रो यो यातायात
बेथितिको दीर्घकालीन समाधान होइन
। फराकिला सडकसँगै
उचित सार्वजनिक यातायात
प्रणाली विकासले मात्र यातायात
अव्यवस्थाको दीर्घकालीन हल दिन्छ
। पहिला बीआरटी
अनि रेल सार्वजनिक
यातायातका विकल्पका रुपमा पम्परागत
बस सेवा, बस
¥यापिड ट्रान्जिट (बीआरटी), ट्राम,
मेट्रोरेल, लाइट रेल
र ट्याक्सीको प्रयोग
विश्वव्यापी रुपमा चल्दै आएका
छन् । संसारकै
उदाहरण हेर्ने हो भने
काठमाडौंका लागि अहिले
उपयुक्त विकल्प बीआरटी देखिन्छ
। बीआरटीको विकासपछि
बिस्तारैरेलतर्फ लाग्नु उपयुक्त हुन्छ
। बीआरटी भनेको
एउटा बस सिस्टम
हो, जुन प्रायः
छुट्टै लेनमा हिँड्छ र
कुनै अवस्थामा मिश्रित
ट्राफिकमा पनि सञ्चालन
गर्न सकिन्छ, जसले
रेल र बसहरुका
राम्रा विशेषताहरु प्रयोग गर्छ
। काठमाडौं जस्तै
संरचना भएका सहरहरु
– बोगोटा (कोलम्बिया), कुरितिबा (ब्राजिल),
अहमदावाद (भारत) लगायतमा यस्तै
सार्वजनिक सवारी सञ्चालनमा छन्,
जसले सहरी यात्रुलाई
राम्रो सेवा दिइरहेका
छन् ।
मेट्रोको
लागत बीआरटीको तुलनामा
१० देखि शतप्रतिशतले
बढी हुन्छ ।
यस्तै, लाइट रेल
पनि बीआरटीभन्दा
४ देखि
२० प्रतिशतसम्मले महँगो
हुन्छ । बीआरटीको
सञ्चालन खर्च पनि
मेट्रो र लाइट
रेलभन्दा निकै कम
पर्छ । त्यसैले
काठमाडौंको सार्वजनिक यातायातका लागि
बीआरटी उपयुक्त छ । बीआरटीमा जटिल इन्जिनियरिङ
प्रयोग नहुने भएकाले यो
यातायात प्रणाली सञ्चालन गर्न
छिटो र सरल
हुन्छ । रेललाई
जस्तो बीआरटी सञ्चालन
गर्न विशष लाइन
चाहिँद े ैन र
बिजुली नभए पनि
हुन्छ । बीआरटीको
अर्को राम्रो पक्ष,
यसलाई विभिन्न चरणमा
विकास गरेर पूरा
गर्न सकिन्छ ।
कम लागतमै सञ्चालनमा
ल्याउन सकिने यो प्रणालीको
यात्रु क्षमता भने बढी
हुन्छ । विश्वसनीय
र सुविधाजनक हुनुका
साथै गन्तव्यसम्म डाइरेक्ट
र प्रिमियम सेवा
दिन सफल पनि
छ यो ।
संरचनाका दृष्टिले काठमाडौंसँग मिल्दोजुल्दो
बोगोटामा तीन वर्षमा
यो सेवा सञ्चालनमा
आएको थियो ।
बोगोटामा यो तीन
चरणमा विकास गरिएको
हो । बोगोटाको
८० लाख जनसङ्ख्याका
लागि औसत एक
सय यात्रु क्षमताका
लगभग १८ हजार
बस सञ्चालन गरिएका
छन् । यही
अनुपातको सोझो हिसाबले
काठमाडौंको करिब ४०
लाख जनसङ्ख्याका लागि
त्यति नै यात्रु
क्षमताका झन्डै ९ हजार
बस आवश्यक हुने
देखिन्छ । तर
पाँच वर्षअघिको अध्ययनले
काठमाडौंमा जम्मा ५ हजार
३ सय ५
मात्र सार्वजनिक सवारी
चल्ने देखाएको थियो,
जुन अहिले केही
बढेको छ । तथापि, आवश्यक सङ्ख्यामा
पुगेको छैन ।
भएका सार्वजनिक सवारीसाधनमा
अधिकांश थोरै सिट
क्षमताका छन् ।
काठमाडौंमा ठूला बसको
सङ्ख्या नै कम
भएकाले पनि यात्रुलेराम्रो
सेवा पाउन नसकेका
हुन् । यद्यपि,
कति सङ्ख्यामा बस
चाहिन्छन् भन्ने इन्जिनियरिङ अध्ययनले
निक्र्योल गर्ने विषय हो
। र सार्वजनिक
यातायातको सञ्चालन मोडल पनि
महङ्खवपूर्ण छ ।
उदाहरणस्वरुप बोगोटामा सार्वजनिक निजी–साझेदारी (पीपीपी) मोडलबाट
सार्वजनिक बससेवा सञ्चालन भएको
छ । र नाफामै छ । निजीक्षेत्र सञ्चालन र
व्यवस्थापनमा सरकारी क्षेत्रभन्दा निकै
प्रभावकारी हुने हुनाले
यस्तोमा निजीक्षेत्रलाई नै संलग्न
गराउनुपर्छ ।
नेपालमा दिनप्रतिदिन निजी
सवारीसाधनको सङ्ख्या बढ्दो छ
। बर्सेनि १५
देखि १७ प्रतिशतले
सवारीसाधन बढिरहेको तथ्याङ्क छ
। सार्वजनिक यातायात
सञ्चालन राम्रो नभएकाले पनि
यसरी बर्सेनि निजी
सवारीसाधन बढ्दै गएको हो
। सार्वजनिक सवारीसाधन
सुरक्षित, प्रयोगकर्तामैत्री, सस्तो, भरपर्दो, वातावरणमैत्री
र आरामदायी हुनुपर्छ
। तर नेपालमा
‘सस्तो’बाहेक सार्वजनिक यातायातमा
हुनुपर्न अरु कुनै
गुण भेटिँदैन ।
यसैले सकीनसकी निजी
सवारीसाधन किन्न नेपाली बाध्य
छन् । सार्वजनिक
यातायात त गरिबका
लागि मात्र हो
भन्ने धारणा हामीकहाँ
स्थापित छ ।
यो सोचमा परिवर्तन
ल्याउन सार्वजनिक यातायातमा सघन
सुधारको खाँचो छ । समाधानका उपाय सर्वप्रथम,
राजनीतिक स्तरबाटै नेपालमा सार्वजनिक
यातायातमा दिगो प्रणाली
विकास गर्नुपर्छ भन्ने
कुराको बोध हुनुपर्छ
। सरकारबाट यसको
विकासको प्रतिबद्धता आएपछि त्यसका
लागि एउटा अलग्गै
निकाय स्थापना गरिनुपर्छ
। सोपछि बीआरटी
सेवा सञ्चालनको विस्तृत
अध्ययन गरि नुपर्छ
। अध्ययनबाट सेवा
सञ्चालनको ढाँचा तथा प्रणाली,
प्रविधि, आवश्यक सवारी सङ्ख्या,
वित्तीय पाटो (लागत, आम्दानी,
खर्च, प्रतिफल आदि)
र वातावरणीय तथा
सामाजिक प्रभाव इत्यादि पक्षहरुको
विस्तृत विवरणसहितको प्रतिवेदन तयार
गर्नुपर्छ । त्यसपछि
सक्दो चाँडो यसलाई
विकास गर्नतिर लाग्नुपर्छ
। काठमाडौंको मुख्य
सडक (ट्रङ्क रुट)मा एक
सयभन्दा बढी यात्रु
बोक्ने बस र
सहायक सडक (फिडर
रुट)मा साना
सवारीसाधन चलाउन सकिन्छ ।
ठूलो क्षमताका बस
चलाउँदा सडकको क्षेत्र पनि
कम आगटिन्छ, े जसबाट ट्राफिक जाम पनि
कम हुन्छ र
सडकमा कम सवारीसाधन
हुनेबित्तिकै दुर्घटना पनि घट्छ
। बीआरटी विकास
गर्दा पाइलट प्रोजेक्टका
रुपमा पहिलो चरणमा
२७.५ किमि
रिङरोडमा यो सञ्चालन
गर्न सकिन्छ ।
त्यसपछि मुख्य सडकमा बीआरटी
सेवा सञ्चालन गर्दै विभिन्न चरणमा
यसको विकास गर्नुपर्ने
हुन्छ । बीआरटी
सञ्चालनका लागि एउटा
छुट्टै लेन बनाउनु
राम्रो हुन्छ । अहिले
रिङरोडमा त्यसका लागि एउटा
छुट्टै लेन बनाउने
ठाउँ पनि पुग्छ
। सँगै यसका
लागि ट्राफिक लाइटलाई
प्राथमिकता दिएर स्वचालित
बनाउनुपर्छ । भाडा
तिर्ने प्रणाली पनि स्वचालित
र एकीकृत लागू
गराउनुपर्छ । र
यसको सञ्चालन निजीक्षेत्रले
गर्नुपर्छ । बस
सबै वर्गलाई हुने
किसिमको आकर्षक, उच्च क्षमताको,
आरामदायी, सस्तो, विश्वसनीय र
सुरक्षित हुनुपर्छ । यति
भयो भने निजी
सवारीसाधन चढ्ने पनि बीआरटीतिर
आकर्षित हुन्छन् । त्यस्तो
सहर राम्रो मानिन्छ,
जहाँ गरिबले कारमा
यात्रा गर्नुभन्दा धनी वर्ग
सार्वजनिक यातायात प्रयोग गर्छन्
। बेलायती प्रधानमन्त्रीदेखि
फ्रान्सका राष्ट्रपतिसम्म सार्वजनिक यातायातमा यात्रा
गर्छन् । बेलायती
पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन, फ्रान्सका
पूर्वराष्ट्रपति फ्रन्क्वोइस होलान्ड, न्युयोर्कका
पूर्वमेयर बिल दे
ब्लासिओले सार्वजनिक यातायात प्रयोग
गर्ने गरेको उदाहरण
हामीसामु नै छन्
। सार्वजनिक यातायातको
राम्रो सुविधा हुने हो
भने गरिब, मध्यमवर्गीय
र धनी सबै
वर्गले यसको प्रयोग
गर्नेमा दुई मत
हुन्न । किनकि,
मोटरसाइकल चलाउनेदेखि निजी कार
चढ्नेहरुका पनि आआफ्नै
व्यथा छन् ।
मोटरसाइकल सुरक्षाका दृष्टिकोणबाट निकै
जोखिमपूर्ण छ ।
पानी पर्दा, जाडो
वा गर्मी हुँदा
मोटरसाइकल चढ्नु अति नै
कष्टदायक हुन्छ । कार
चढ्नेलाई यातायात निकै मँहगो
हुन्छ । साथै
सधैं पार्किङ र
जामले सताइरहन्छ ।
गुणस्तरीय सार्वजनिक यातायात यी
समस्याको समाधान हो ।
टिकट तथा समय
तालिका एकीकृत प्रणालीबाट व्यवस्थापन
गर्दै सफा, आरामदायी,
भरपर्दो र सुरक्षित
सार्वजनिक यातायातको माध्यम काठमाडौंमा
सुरु गर्नुबाहेक अहिले
सार्वजनिक यातायात समस्या हल
गर्ने अर्काे उत्तम
विकल्प छैन ।
यसैले सरकारले यो
अवस्थाको निकासका लागि जति
सक्दो चाँडो बीआरटीको
विकासमा लाग्न जरुरी छ
।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा २१ औं वार्षिकोत्सवका
अवसरमा ‘अर्थनीति’ स्मारिकामा प्रकाशित ।