सेयरधनीहरुलाई २०.९५ प्रतिशत लाभांश दिंदै बैंक अफ काठमाण्डू

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २०.९५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको शुक्रबार बसेको २८ औं वार्षिक साधारणसभाले सभाले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको छ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको बैंकले जनाएको छ । साथै, विशेष प्रस्तावहरु अन्तरगत बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गरी मूल्याङ्कनकर्ताको सिफारीस गरेको सेयर स्वाप अनुपात १:१ मा रहि मर्जर सम्बन्धि विषयमा सञ्चालक समितिबाट भएका निर्णयहरु सम्बन्धमा सम्पूर्ण प्रस्तावहरु उक्त सभाले पारित गरेको छ ।

बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटीएम र १० एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।


SHARE THIS