उद्यमी महिलाहरुका लागि खानेपानी तथा सरसफाईसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । उद्यमी महिलाहरुका लागि खानेपानी तथा सरसफाईसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार राजधानीमा सम्पन्न भएको छ ।

बागमती प्रदेश, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयको सहयोगमा घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति, बागमती प्रदेशको आयोजना र जिल्ला महिला उद्यमी समिति, काठमाडौँ, भक्तपुर, ललितपुरको सह–आयोजना सम्पन्न “उद्यमशलता, खानेपानी तथा सरसफाइमा महिलाहरूको भूमिका“ विषयक १ दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

महिला उद्यमीहरूको क्षमता विकास गर्ने मूल अभिप्रायले आयोजना गरिएको उक्त कार्यक्रममा काठमाडौं जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र घरेलु महासंघ केन्द्रीय महिला समितिबाट सहजीकरण भएको थियो ।

कार्यक्रममा खानेपनी तथा डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख अनिलप्रसाद केशरी, महासंघका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंह, निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरी, वरिष्ठ उपाध्यक्ष  सूर्य कडेल, उपाध्यक्षहरु शोभा गुरुङ, सत्यनारायण प्रजापति, केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश कार्य समितिका कार्यवाहक अध्यक्ष तारानाथ चौलागाईं, केन्द्रीय महिला उद्यमी वरिष्ठ उपाध्यक्ष रीता अवाल, राष्ट्रिय युवा परिषदका पूर्व प्रशासकीय प्रमुख नारायण कृष्ण श्रेष्ठ, महासंघ, बागमती प्रदेश, महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष सरिता भट्टराईलगायतले बोल्नुभएको थियो । कार्यक्रमको अध्यक्षता बागमती प्रदेशको महिला उद्यमी समितिका अध्यक्ष सुलोचना श्रेष्ठले गर्नुभएको थियो ।










SHARE THIS