अन्तिम दिन उकालो लाग्यो सेयर बजार, कारोबार रकममा पनि सुधार

काठमाडौँ । दुई हजारको विन्दु पछ्याउँदै बन्द भयो यो साताको सेयर बजार बन्द भएको छ । उतारचढावमा रहेको सेयर बजार साताको अन्तिम दिन भने उकालो लागेर बन्द भएको छ ।

बिहीबार सेयर बजारमापक नेप्से परिसूचक ११.२२ अंकले उकालो लागेर १९६१.०६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स पनि १.८२ अंकले उकालो लागेर ३८३.६६ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.५८ प्रतिशत र सेन्सेटिभ इण्डेक्स पनि ०.४८ प्रतिशतले उकालो लागेको छ । बुधबार भने नेप्से ओरालो झरेको थियो ।

बिहीबार दिनभर २४१ कम्पनीहरुको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर २१ हजार १८६ पटक खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४८ करोड रुपियाँले बढी हो ।

बुधबार २३ लाख ५५ हजार ८४५ कित्ता सेयर ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिहीबार १४ करोड ४५ लाख रुपियाँ भन्दा बढीको सेयर कारोबार भएर नबिल बैंक  सबैभन्दा धेरै सेयर कारोबार गर्नेमध्येको अग्रणी बनेको छ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड प्रोमोटर सेयर आठ करोड १३ लाख रुपियाँभन्दा बढीको सेयर कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावरको सात करोड ७१ लाख भन्दा बढी, हिमालयन डिस्टिलरीको सात करोड र नेस्डो लघुवित्तको साढे चार करोड रुपियाँको सेयर कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल्स एण्ड टुरिजम, लगानी र निर्जीवन बीमाबाहेक बाँकी १० वटा उपसमूहको परिसूचक उकालो लागेको छ । जीवन बीमा सर्वाधिक १.२८ प्रतिशतले उकालो लागेको बिहीबार होटल्स एण्ड टुरिजम ०.१८ प्रतिशत, लगानी ०.०५ प्रतिशत र निर्जीवन बीमा ०.२० प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS