काठमाडौं / पछिल्लो समय नेपाल टेलिकमको सामूहिक सन्देश सेवा थप प्रभावकारी बन्दै गएको छ । एक सातापछि सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले सामूहिक सन्देश सेवालाई जोड दिँदा यो सेवा थप प्रभावकारी बन्दै जान थालेको हो ।
टेलिकमले
ल्याएको सामूहिक सन्देश सेवाबाट सुलभ दरमा एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने भएपछि प्रभावकारी बनेको हो ।
योजना
अन्तर्गत यो सेवा अन्तर्गत
आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ । उपलब्ध अफर
उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र
लाग्दछ । यस अफरमा
आवश्यकता बमोजिम दुई हजार, पाँच हजार र १० हजार
वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक
सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा
दुई हजार सन्देश पठाउन सकिने प्याक अन्तरगत एक हजार ९करबाहेक०
मा दुई दिन भित्रमा दुई हजार सन्देश पठाउन सकिन्छ ।
यसैगरी
पाँच हजार सन्देश पठाउन सकिने प्याक अन्तरगत जम्मा दुई हजार ५०० (करबाहेक) मा पाँच (पाँच)
दिनभित्रमा पाँच हजार सन्देश पठाउन सकिन्छ । यसका साथै
१० हजार वटा सन्देश पठाउन सकिने प्याक अन्तरगत जम्मा पाँच हजार (करबाहेक) मा १० दिन
(दश दिन) भित्रमा जम्मा १० हजार वटा
सन्देश पठाउन सकिन्छ । यस अफरमा
कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ ।
यो
सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको
भाषा, शब्द र भावका बारेमा
पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मोवार हुनुपर्ने प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।
यो
सेवा प्रयोग गर्नका लागि https://groupsms.ntc.net.np/
लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले
आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो सम्पर्क नम्बरको सूची (Contact) मा भएका नम्बरहरु
एक्सेल सिट मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको जनाइएको छ ।