अवेरनेस इन्टरनेसनल एकेडेमीका एसईई उत्कृष्टले पाए ३० हजार नगद पुरस्कार

काठमाडौँ । काठमाडौंको शंखमूलस्थित अंग्रेजी बोर्डिङ सेकेन्डरी स्कुल ‘अवेरनेस इन्टरनेसनल एकेडेमी’ (एआईए) ले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयभरिबाट सर्वोत्कृष्ट ग्रेड ल्याउने छात्र मिसन सापकोटालाई एक विशेष सांगीतिक कार्यक्रमबीच ३० हजार नगदराशिको पुरस्कार र प्रशंसापत्र प्रदान गरेको छ । मिसनलाई २० हजार राशिको २०८० सालको ‘प्रसिद्ध कँडेल स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार’ र विद्यालयका तर्फबाट हरेक वर्ष प्रदान गरिने १० हजार राशिको थप ‘एआईए प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको कुरा विद्यालयका प्राचार्य विमल घिमिरेले बताउनुभयो । ‘प्रसिद्ध कणेल स्मृति शिक्षा पुरस्कार’ विगत पाँच वर्षदेखि नियमित रूपमा प्रदान गरिँदै आएको पुरस्कारका संस्थापक तथा विद्यालयका संस्थापक निर्देशक चेतनाथ कणेलले बताउनुभयो ।

पुरस्कार अर्पण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौं क्षेत्र नम्बर एकका पूर्व प्रदेशसभा सदस्य तथा अभिभावक गणेश दुलाल र विशेष अतिथिको रूपमा प्रा। होमनाथ पौडेल तथा समाजसेवी इन्द्रमणि अर्याल हुनुहुन्थ्यो । विद्यालयका अध्यक्ष हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थीहरू र अभिभावकहरू, आमन्त्रित अन्य व्यक्तित्वहरू, विद्यालयका सञ्चालकहरू विमल घिमिरे, विष्णुप्रसाद अर्याल, खगेश्वर गिरी, कृष्णप्रसाद गैरे, शैलेन्द्रकुमार झा, एआईएका पूर्व सर्वोत्कृष्ट विद्यार्थी स्व। प्रसिद्ध कणेलकी माता÷पुरस्कार–संस्थापक सीता भण्डारी कणेल तथा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका एवं कर्मचारीहरू गरी ३०० जनाभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।

करिब दुई घण्टा लामो सांगीतिक कार्यक्रमको पूर्ण संयोजन हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले गरेका थिए । कार्यक्रममा एसईई सर्र्वोत्कृष्ट विद्यार्थी मिसन सापकोटा र कक्षा १० की छात्रा पल्पसा पाण्डेले आ–आफ्ना मन्तव्य राखेका थिए भने कक्षा १० कै दुई छात्र डिपलभ अधिकारी र विमल गिरीले समसामयिक विषयमा लेखिएका आ–आफ्ना कविता सुमधुर शैलीमा वाचन गरेका थिए । सम्मान कार्यक्रममा सम्पूर्ण एसईई उत्तीर्ण विद्यार्थीलाई बधाईपत्रका साथ मायाको चिनो पनि प्रदान गरिएको थियो । साथै विभिन्न विधा र विषयमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पनि विशेष प्रमाणपत्रका साथ सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा सहभोज ९रात्रिभोज० को आयोजनासमेत गरिएको थियो । 

२०७९ को एसईईमा अवेरनेस विद्यालयबाट ६८ जना परीक्षार्थी सहभागी भएकोमा मिसन सापकोटाले ३ दशमलव ९५ ग्रेड ल्याई उत्कृष्ट भएका थिए भने अन्य ६७ जना विद्यार्थी नै निकै राम्रो ग्रेड ल्याई उत्तीर्ण भएको कुरा विद्यालयका उपप्राचार्य खगेश्वर गिरीले कार्यक्रम सञ्चलनका अवसरमा बताउनुभयो ।


SHARE THIS