नेपाल लाइफले गर्‍यो ५४.७६ अर्ब दाबी भुक्तानी

काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दाबी भुक्तानी भएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५.०३ अर्ब मृत्यु दाबी, १५.२६ अर्ब अवधि समाप्ति दाबी भुक्तानी र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथै अन्य शिर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तरगत १५.९४ अर्व कम्पनीले दाबी भुक्तानी गरिसकेको जनाएको छ ।

बीमित र बीमक बीचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथासमयमा भुक्तानी (दाबी भुक्तानी) गर्न नेपाल लाइफ सदैव तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनुभयो ।

अवधि भुक्तानी दाबी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दाबी तथा अन्य क्षतिको दाबी बीमा अवधिभित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ । त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने गरिएको कम्पनीले जनाएको छ ।


SHARE THIS