पछिल्लो पाँच वर्षभित्र करिब तीन गुणा विद्युत खपत बढेको छ : कार्यकारी निर्देशक कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो पाँच वर्षभित्र करिब तीन गुणा विद्युत खपत बढाएको बताउनुभयो ।

नेपाल विद्युत्् प्राधिकरणको ३७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले प्राधिकरणले धेरै पूर्वाधार विकास, सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको बताउनुभयो । 

घिसिङले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढाएर उर्जा क्षेत्रको ठूलो फड्को मारेको बताउनुभयो ।

प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउँदै उहाँले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको भन्दै प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको बताउनुभयो ।

विद्युत प्राधिकरणका कर्मचारीको तलब खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै उहाँले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने गरेको स्मरण गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलब खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको भन्दै उहाँले 

प्राधिकरणले कर्मचारीको बृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारेको बताउनुभयो ।

प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढाएर उर्जा क्षेत्रको ठूलो फड्को मारेको भन्दै उहाँले विद्युत प्राधिकरणले ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताउनुभयो ।

विद्युत खपतमा भएको बृद्धि, विद्युत चुहावट नियन्त्रण, प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको बृद्धि, ४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा भएको बृद्धि र अन्य आयमा भएको बद्धि तथा खर्च नियन्त्रणका कारणले मुनाफा आर्जन सम्भव भएको बताउनुभयो ।

नेपालका ९३ प्रतिशत जनताले विद्युत सुविधा पुगेको भन्दै घिसिङले वैकल्पिक उर्जा समेत गरेर करिब ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएको दाबी गर्नुभयो । अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको र आगामी दुई वर्षभित्र शतप्रतिशत जनता सामु विद्युत पहुँच पुर्‍याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन, स्रोत परिचालन गरेको बताउँदै उहाँले विद्युत चुहावट प्राधिकरणको आर्थिक सुधार गर्नु मुलमन्त्र भएको भनाइ राख्नुभयो ।

भारतलाई अहिले दैनिक चार सय मेगावट विद्युत निर्यात गरिरहेको बताउँदै विद्युत निर्यात बृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा बृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको उहाँले बताउनुभयो ।


SHARE THIS