ह्वात्तै घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको खपत

काठमाडौँ । पछिल्लो समय डिजेल, पेट्रोल र मट्टीतेलको खपत ह्वात्तै घटेको छ । चालू आर्थिक वर्षको साउन महिना लागेसँगै बजारमा डिजेल, पेट्रोलको खपत घटेको छ । विकास निर्माणको काम कम हुुँदा डिजेल, पेट्रोलको खपतमा कमी आएको हो ।

नेपाल आयल निगमका अनुसार गत वर्ष साउन महिनामा एक लाख ५४ हजार किलोलिटर डिजेल खपत भएकामा यस वर्षको साउनमा ७६ हजार किलोलिटरमा झरेको छ । गत वर्ष साउन महिनामा ५५ हजार ८०४ किलोलिटर पेट्रोल खपत भएकामा यस वर्षको साउनमा ५१ हजार ६३० किलोलिटरमा झरेको छ । 

यस्तै गत वर्ष साउन महिनामा एक हजार १३७ किलोलिटर मट्टीतेल खपत भएकामा यस वर्षको साउनमा ३९५ किलोलिटरमा झरेको निगमले जनाएको छ ।  

हवाई इन्धनको खपत भने बढेको छ । गत वर्ष साउन महिनामा आठ हजार ३३५ किलोलिटर खपत भएकामा यो साउनमा ११ हजार ४५५ किलोलिटर पुुगेको छ । गत वर्ष कोरोना महामारीका कारण उडान नहुुँदा हवाई इन्धनको खपत कम रहेको थियो । 

खाना पकाउने ग्यासको खपत भने अघिल्लो वर्षको साउन महिनाकै हारहारीमा छ । गत वर्ष साउन महिनामा ३८ हजार मेट्रिक टन खाना पकाउने ग्यास खपत भएकामा यस वर्षको साउनमा ३८ हजार १४ मेट्रिक टन खपत छ । 

निगमका अनुसार इन्धनको मूूल्यमा भएको बृद्धि, विकास निर्माणको काममा आएको सुस्ततालगायतका कारण डिजेल खपत कम भएको हो ।

वर्षात सुरुसँगै बिजुली उत्पादन पर्याप्त हुने हुुँदा उद्योगले कम डिजेल खपत गरेका कारण डिजेलको माग घटेको हो । लोडसेडिङका बेला उद्योगमा डिजेल खपत धेरै हुने गर्छ । 

भारतभन्दा नेपालमा डिजेलको मूूल्य सस्तो हँुदा भारतबाट सामान बोकेर आएका गाडीले नेपालबाट तेल हालेर जाने गरेका थिए । अहिले नेपालमा मूूल्य महँगो भएका कारण नेपाल आएका भारतीय गाडीले नेपालमा तेल हाल्न छाडेपछि खपत घटेको हुन सक्ने उहाँले जानकारी दिनुुभयो । 

निगमका अनुसार साउन महिनामा डिजेलको दैनिक खपत ३५० किलोलिटर भएको छ । असार महिनामा दैनिक छ सय किलोलिटर डिजेल खपत हुने गरेको थियो । आर्थिक वर्ष सकिने बेला विकास निर्माणको काम तीव्र हुने हुुँदा डिजेलको खपत बढ्ने गर्छ । 

निगमका अनुसार हाल पेट्रोलको दैनिक खपत दुई सय किलोलिटरको हाराहारीमा छ । असारमा पेट्रोलको दैनिक खपत चार सय किलोलिटर रहेको थियो ।


SHARE THIS