अन्तिम दिन उकालो लाग्यो सेयर बजार, कारोबार रकम पनि सुधारियो

काठमाडौं । ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम दिन भने दोहोरो अंकले सुधारिएर बन्द भएको छ । अन्तिम दिनको नेप्से परिसूूचकलाई साथ दिंदै कारोबार रकम पनि उकालो लागेको छ ।

बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २७.५६ अंकले उकालो लागेर २०६८.२६ को विन्दुुमा पुुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ५.४१ अंकले उकालो लागेर ४००.०८ को विन्दुुमा पुुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से १.३५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.३७ प्रतिशतले उकालो लागेको छ ।

बुधबार नेप्से समान्य अंकले ओरालो लागेको थियो । अघिल्लो दिन उच्च अंकले घटेको बजार बुधबार भने ०.३६ अंकले मात्रै घटेर बन्द भएको थियो ।

अन्तिम दिन ५१ लाख एक हजार २९० कित्ता सेयर ४१ हजार ५७१ पटक खरिदबिक्री हुँदा दुुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुुलनामा ६५ करोड रुपियाँले बढी हो । बुधबार एक अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिहीबार १० करोड ४३ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यस्तै अपि पावरको करिब आठ करोड रुपियाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

अन्तिम दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ । विकास बैंक र वित्त उपसमूहको परिसूचक सार्वधिक तीन प्रतिशतभन्दा बढीले उकालो लागेको अन्तिम दिन जलविद्युत र अन्य उपसमूहको परिसूचक दुुई प्रतिशतभन्दा बढीले उकालो लागेको छ । व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।


SHARE THIS