टेलिकमको आठ अर्बभन्दा बढी खुद मुनाफा, अघिल्लो वर्षभन्दा एक अर्ब २५ करोडले बढी

काठमाडौँ । नेपाल दूूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालुु आर्थिक वर्षमा आठ अर्ब ३८ करोड ८८ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।

टेलिकमको गत आ.व. को चौथो त्रैमासिक अवधि २०७८ असार मसान्तसम्म सात अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपियाँ खुद मुनाफा रहेकोमा चालु आ.व. को सोही अवधिसम्ममा एक अर्ब २५ करोड छ लाख ४७ हजारले बृद्धि भई आठ अर्ब ३८ करोड ८८ हजार रुपियाँ पुुर्‍याएको हो ।

यस्तै कम्पनीले गत आ.व. को चौथो त्रैमासिक अवधि २०७८ आषाढ मसान्तसम्ममा कुल सञ्चालन आय ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रहेकोमा चालु आ.व. को सोही अवधिमा  एक अर्ब ९५ करोड ४२ लाख ७५ हजार रुपियाँ अर्थात ५.४४ प्रतिशतले बृद्धि गरी ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रुपियाँ पुुर्‍याएको छ ।

गत आ.व. को चौथो त्रैमासिक अवधिसम्मको कुल आय ४२ अर्ब २० करोड ९९ लाख तीन हजार रहेकोमा चालु आ.व. को सोही अवधिमा कुल आय दुुई अर्ब ११ करोड १४ लाख ५४ हजार अर्थात पाँच प्रतिशतले बृद्धि भई  ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रुपियाँ पुुर्‍याएको कम्पनीले जनाएको छ ।


SHARE THIS